दार्जिलिङमा २७ वर्षपछि भीषण वर्षा : पहिरोमा परेर मर्नेको सङ्ख्या २४ पुग्यो
सारांश
- आइतबार दार्जिलिङमा भारी वर्षापछि आएको पहिरोमा परी २४ जनाको मृत्यु भएको छ, जसमा सात बालबालिका छन्।
- पहिरोले धेरै घर बगायो र दार्जिलिङ-सिक्किम सडक सम्पर्क विच्छेद भयो, हजारौं पर्यटक अलपत्र परेका छन्।
- १९९८ पछि दार्जिलिङमा यति धेरै वर्षा भएको पहिलो पटक हो, र भारी वर्षाको पूर्वानुमानले थप पहिरोको जोखिम बढाएको छ।
नयाँ दिल्ली । पश्चिम बंगालको दार्जिलिङमा आइतबारको भारी वर्षापछि आएको पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । मृत्यु हुनेमा सात जना बालबालिका भएको बताइएको छ । अझै पनि कयौँ मानिस बेपत्ता छन् । पहिरोले धेरै घरहरू बगाएको छ । दार्जिलिङ र सिक्किमबिचको सडक सम्पर्क देशको बाँकी हिस्साबाट काटिएको छ ।
बाढी र पहिरोका कारण हजारौँ पर्यटक अलपत्र परेका छन् । दार्जिलिङ र कुर्सियोङ बिचको राष्ट्रिय राजमार्ग पनि विच्छेद भएको छ । मिरिक र दुधिया नजिकै फलामको पुल भत्किँदा दार्जिलिङबाट सिलिगुडी जाने वैकल्पिक मार्ग अवरुद्ध भएको छ । अलिपुरद्वारमा रेलवे ट्र्याक डुबानमा पर्दा तीन वटा रेल रद्द गरिएको छ । दार्जिलिङ र कालिम्पोङमा चिया बगानहरू डुबानमा परेका छन् ।
दार्जिलिङ र बङ्गालका अन्य जिल्लाहरूमा २४ घण्टामा लगभग १६ इन्च वर्षा भएको छ । स्थानीयहरूका अनुसार १९९८ पछि दार्जिलिङ यस्तो मुसलधारे वर्षा भएको यो पहिलो पटक हो । मङ्गलवार बिहानसम्म दार्जिलिङ, कालिम्पोङ, जलपाइगुडी र कुचबिहारमा भारी वर्षा हुने अनुमान गरिएको छ । जसले गर्दा पहिरोको खतरा कायमै रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण