बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

चुनावमा जाने निर्णय गरेका छौँ : प्रचण्ड

सोमबार, २० असोज २०८२, १४ : २७
सोमबार, २० असोज २०८२

सारांश

  • नेकपा (माओवादी केन्द्र) ले फागुन २१ गते हुने चुनावमा भाग लिने निर्णय गरेको छ।
  • सोमबार पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकले चुनावमा जाने निर्णय गरेको हो।
  • अध्यक्ष प्रचण्डले चुनावमा जाने निर्णय गरेको र अन्य पार्टीहरूसँग छलफल गर्ने बताए।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आगामी फागुन २१ गते हुने चुनावमा भाग लिने निर्णय गरेको छ । सोमबार पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै साे पार्टीको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने, ‘हामीले चुनावमा जाने निर्णय गरेका छौँ । यो विषयमा अरु पार्टीहरुसँग पनि छलफल गछौँ ।’ 

संयोजक प्रचण्डले सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा माओवादी रहेको पनि बताए । 

‘हामी कसरी अघि बढ्ने भन्ने कुरामा केन्द्रीय समितिबाट निर्णय गरिसकेका छौँ । हामी घोषित मितिमा चुनाव हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने छ’, उनले भने, ‘र, हाम्रो पार्टी सक्रियतासाथ निर्वाचनमा भाग लिन्छ । अहिले अन्य राजनीतिक दलहरूसँग पनि छलफल भइरहेको छ । केही समयपछि त्यसको परिणाम पनि देखिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप