अर्बपति क्लबमा छिरे शाहरुख खान
सारांश
- बलिउड अभिनेता शाहरुख खान अर्बपतिहरूको सूचीमा प्रवेश गरेका छन्।
- उनको नेटवर्थ १ अर्ब ४० करोड डलर रहेको बताइएको छ।
- खान रेड चिलिज प्रडक्शन र आईपीएल क्रिकेट टिमका कारण अर्बपति बनेका हुन्।
नयाँ दिल्ली । बलिउडका बादशाह शाहरुख खान अर्बपतिहरूको सूचीमा प्रवेश गरेका छन् । हुरुन रिसर्चले सार्वजनिक गरेको भारतीय अर्बपतिहरूको नयाँ सूचीअनुसार पहिलोपटक अभिनेता खान यो सूचीमा प्रवेश गरेका हुन् ।
उनको नेटवर्थ १ अर्ब ४० करोड डलर रहेको बताइएको छ । योसँगै शाहरुख खान आर्नोल्ड श्वार्जनेगर, पप स्टार रिहान्ना, गल्फ खेलाडी टाइगर वूड्स र गायिका टेलर स्वीफ्टजस्ता अन्तर्राष्ट्रिय सेलिब्रिटी र खेलाडीको लिगमा उक्लिएका छन् ।
शाहरुख खान किंग अफ रोमान्सको नामले चर्चित छन् । बलिउडमा खानले तीन दशकभन्दा धेरै समय बिताइसकेका छन् । होम प्रडक्शन रेड चिलिज प्रडक्शनको स्वामित्व र आईपीएल क्रिकेट टिम नाइट राइडर स्पोर्टस्का कारण खान अर्बपति बनेको हुरुन इन्डियाका संस्थापक र प्रमुख अनुसन्धानकर्ता रहमान जुनेदले बताए ।
अभिनेता खानले फिल्म र विज्ञापन खेलेर पनि राम्रो कमाइरहेका छन् । विश्वभर घरजग्गामा पनि उनले निकै लगानी गरेका छन् । अर्बपतिको सूचीमा शाहरुखको इन्ट्रीले भारतको आर्थिक वृद्धिको चालकहरूको बढ्लिँदो प्रकृतिको झल्को दिएको पनि जुनेदले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण