क्याम्पस प्रमुख खनालको निधन
चितवन । बालकुमारी बहुमुखी क्याम्पस नारायणगढका प्रमुख जगदीश्वर खनालको निधन भएको छ । उनको आइतबार साँझ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
तनहुँको साबिक तनहुँसुर गाउँ विकास समिति वडा नम्बर १ आमडाँडा चुदीमा विसं २०२२ मा जन्मिएका खनालको ६० वर्षको उमेरमा क्यान्सर रोगका कारण निधन भएको हो ।
वि.सं २०५३ देखि बालकुमारी क्याम्पसमा प्राध्यापन गर्दै आएका खनाल नेपाल पब्लिक क्याम्पस सङ्घ चितवनको अध्यक्ष, नवचितवन साकोसका निवर्तमान अध्यक्ष एवं सल्लाहकार, नेपाल रेडक्रस सोसाइटी भरतपुर उपशाखाका पूर्वसभापति एवं सल्लाहकार, खनाल सेवा केन्द्रीय समिति भरतपुरको सदस्य, अरोमा इङ्गलिस स्कुल भरतपुरको संस्थापक सदस्यजस्ता सामाजिक एवं शैक्षिक संस्थामा रहेर काम गरेका थिए ।
निडर र प्रस्ट वक्ताका रूपमा रहेका खनालका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । उनका आठ दाजुभाइ र एक दिदी बहिनीमध्ये उनी तेस्रो सन्तानका रूपमा रहेका थिए । विगत केही वर्षदेखि खनाल क्यान्सर रोगसँग लड्दै आएका थिए । उनको आज देवघाटमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन र विपद् पूर्वतयारीबारे जानकारी गराउन सभामुखको निर्देशन
-
युक्रेन युद्ध अन्त्यका लागि सहयोग गर्ने ट्रम्पको प्रस्ताव, पुटिनसँग ९० मिनेट वार्ता
-
मेक्सिकोविरुद्धको विजय इंग्ल्यान्डको इतिहासका उत्कृष्ट नतिजामध्ये एक हो त ?
-
कर्णालीका दुर्घटनामा सरकारको उद्धार संयन्त्रमाथि प्रश्न, प्रसाईंले मागे गृहमन्त्रीको जवाफ
-
झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै
-
‘सिंहदरबारमा झुक्किएर बत्ती जान्छ, मोरङमा झुक्किएर मात्र आउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण