इलामको विपद्बारे सुहाङले कुलमानलाई गराए जानकारी
सारांश
- एमाले नेता सुहाङ नेम्वाङले इलाममा भएको जनधनको क्षतिबारे मन्त्री कुलमान घिसिङसँग छलफल गरे।
- इलाममा अविरल वर्षापछि ३७ जनाको मृत्यु भएको छ भने घर, सडक, विद्युत् र सञ्चार सेवामा क्षति पुगेको छ।
- मन्त्री घिसिङले विपद् व्यवस्थापन बैठकबाट राहत, क्षतिपूर्ति र पुनर्स्थापनाको निर्णय गर्ने बताएका छन्।
काठमाडौँ । एमालेका युवा नेता सुहाङ नेम्वाङले अविरल वर्षापछि इलाम लगायतका जिल्लामा भएको जनधनको क्षति, राहत तथा पुनर्स्थापनाबारे मन्त्री कुलमान घिसिङसँग छलफल गरेका छन् ।
सोमबार सुहाङले ऊर्जा जलस्रोत तथा भौतिक निर्माणमन्त्री कुलमान घिसिङलाई भेटेर विशेष गरी इलाममा भएको क्षति तथा राहत र पुनर्स्थापनाबारे छलफल गरेका हुन् ।
भदौ १८ र १९ गतेको अविरल वर्षापछि इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् भने केही अझै बेपत्ता छन् । घरहरू क्षतविक्षत भएका छन्, सडक भत्किएर अवरुद्ध छ । विद्युत् आपूर्ति र सञ्चार सेवामा समेत अवरोध उत्पन्न भएको छ ।
‘इलाममा भएको मानवीय र भौतिक क्षतिको विषयमा जानकारी दिने लिने र त्यसको व्यवस्थापनका लागि भइरहेका कामहरूबारे छलफल गरियो’, मन्त्री घिसिङसँगको भेटपछि सुहाङले भने, ‘विपदमा भएको घटना र क्षतिको विषयमा पनि समीक्षा भयो र तत्काल बाँकी रहेका उद्धार तथा क्षतिपूर्तिका विषयमा पुनः ध्यानाकर्षण गराइयो ।’
भेटमा मन्त्री घिसिङले मङ्गलवार बस्ने विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमार्फत विपदमा परेकाहरूको तत्काल राहत, उचित क्षतिपूर्ति र पुनर्स्थापनाको लागि निर्णय गर्ने बताएको पनि नेम्वाङले जनाएका छन् ।
इलामका प्रत्येक नागरिकको सुरक्षा, पुनर्स्थापना र मनोबलका लागि म सम्बन्धित निकायहरूसँग निरन्तर समन्वयमा छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण