मैझारोको ‘साकेला नाचौ’ मा छमछमी नाचे दयाहाङ, दिया, धिरज र मिरुना
सारांश
- फिल्म 'मैझारो' को दोस्रो गीत 'साकेला नाचौ' रिलिज भएको छ।
- यो गीतमा राजेशपायल राई र मेलिना राईको स्वर रहेको छ, जसमा दयाहाङ राई, दिया पुन, धिरज मगर र मिरुना मगरले अभिनय गरेका छन्।
- यो फिल्म लिम्बू र राई समुदायको प्रेम सम्बन्धमा आधारित छ र कात्तिक ७ गते रिलिज हुने भएको छ।
काठमाडौँ । फिल्म ‘मैझारो’ मा समावेश दोस्रो गीत ‘साकेला नाचौ’ रिलिज भएको छ। निर्माण पक्षले फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा दोस्रो गीत रिलिज गरेको हो।
राजेशपायल राई र मेलिना राईको स्वर रहेको यो गीतमा शब्द रचना पदम साधना कुलुङको रहेको छ भने संगीत तोरेम्पाहाङ राईले भरेका छन् । गीतमा दुई जोडी कलाकारले नाचेका छन्। दयाहाङ राई, दिया पुन, धिरज मगर र मिरुना मगर छन्।
उनीहरुले छमछमी साकेला नाचेका छन्। नेपालको पूर्वी जिल्लामा रहेका राई समुदायले आफ्नो पर्वको रूपमा साकेला नाच राख्दै आएका छन्। किराँतहरूको धान रोप्ने र बाली भित्र्याउने पर्वका रूपमा साकेला मनाउने गरिन्छ।
लिम्बू र राई समुदायबिचको प्रेम सम्बन्धको कथामा आधारित यो फिल्ममा कथा अनुसारकै गीत मिलाइएको निर्माण पक्षको भनाई छ। यो गीत रिलिज भएसँगै दर्शकले उत्कृष्ट प्रतिक्रिया दिन थालेका छन्।
हास्यकलाकार विल्सनविक्रम राई (तक्मे बुढा) को डेब्यु निर्देशकिय फिल्म हो । नेपाली मौलिक प्रेम कथामा आधारित यो फिल्ममा धिरज, मिरुनाका साथमा दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको यो फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत भरेका छन् । गायनमा राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको रहेको छ। सौरभ लामाले छायाङ्कन गरेको फिल्मको वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ।
कात्तिक ७ गतेबाट अल नेपाल रिलिज हुन लागेको यो फिल्मको निर्माण कम्पनी तक्मे प्रोडक्सन हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण