भद्रपुर र विराटनगरमा हवाई टिकटको हाहाकार, उडान थप्न कति सम्भव ?
सारांश
- भद्रपुर र विराटनगर विमानस्थलबाट काठमाडौँका लागि उडानहरू 'फुल' भएका छन्।
- भारी वर्षाका कारण सडक यातायात अवरुद्ध हुँदा हवाई यातायातमा पनि समस्या आएको छ, र टिकट पाउन गाह्रो भएको छ।
- सरोकारवालाहरूले थप उडानको माग गरेका छन्, तर प्राधिकरणका अनुसार वायुसेवा कम्पनीहरूको समय व्यवस्थापनमा समस्या छ।
काठमाडौँ । भद्रपुर र विराटनगर विमानस्थलबाट काठमाडौँसम्म हुने उडान यतिबेला ‘फुल’ भइसकेका छन् । ट्रंक रुटको रूपमा रहेका पूर्वी क्षेत्रका यी विमानस्थलबाट काठमाडौँ आउन अहिले कुनै पनि टिकट बाँकी छैनन् ।
आइतबार र सोमबार गएको अविरल वर्षाका कारण अहिले पूर्वी क्षेत्रबाट काठमाडौँ आउने सडक यातायात अवरुद्ध छ । हवाई यातायात पनि अवरुद्ध हुँदा यतिबेला आकस्मिक उडानमा पनि समस्या हुँदै आएको छ । खासगरी बिरामी तथा घाइतेको उद्धार गर्न समेत अहिले टिकट पाउने अवस्था छैन ।
यो अवस्थामा वायुसेवा कम्पनीले सो क्षेत्रमा उडान थप गरेरै भए पनि अवस्था सहज गर्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन् । नेपाल वायुसेवा निगमले भैरहवामा चार्टर उडान गरेजस्तै विराटनगरमा र भद्रपुरमा समेत थप व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।
तर, यो अवस्था त्यति सहज भने नभएको नेपाल नागरिक उड्डयन प्राधिकरण बताउँछ । वायुसेवा कम्पनीको सेड्युल बुक भइसकेको कारणले थप उडान गर्न त्यति सहज नभएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूल बताउँछन् ।
‘हामीले थप उडानका लागि अनुमति माग्नुस्, हामी दिन्छौँ भनेर वायुसेवा सञ्चालकहरूलाई भनेका छौँ, अहिलेसम्म कोही आएका छैनन्,’ भूल भन्छन्, ‘उहाँहरूको पनि सेड्युल प्याक नै छ । अलिअलि म्यानेज गर्न सके बुद्ध एयरले हो । त्यहाँ पनि प्लेन र पाइलटको समय व्यवस्थापनमा समस्या भएको हुनसक्छ, समस्या चाहिँ अहिले धेरै नै छ, बिरामीलाई टिकट मिलाउन पनि गाह्रो अवस्था छ ।’
अन्यत्रको उडान सार्न कति सम्भव ?
अहिलेको अवस्थामा सहज रूपमा व्यवस्थापन गर्न अन्यत्र उडान घटाएर त्यसलाई दुई विमानस्थलमा सिफ्ट गर्नुपर्छ । तर त्यो सम्भव नभएको भूल बताउँछन् । दसैँपछि उपत्यका बाहिरबाट आउने बुक भइसकेका कारण त्यसलाई घटाउन सक्ने अवस्था नभएको उनको भनाइ छ ।
अहिले आन्तरिक उडान गर्ने कम्पनीमध्ये बुद्ध एयरसँग १८ वटा, श्री एयरलाइन्ससँग ८ वटा, यति एयरलाइन्ससँग ७ वटा विमान रहेका छन् । गुण एयरलाइन्स अहिले सञ्चालनमा छैन भने बाँकी एयरलाइन्सले दुर्गम क्षेत्रमा मात्रै उडान भर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण