ओली र लेखकविरुद्धको जाहेरी दर्ता गर्न जेनजीको दबाब, प्रहरी हाई अलर्टमा
सारांश
- जेनजी अगुवा सुदन गुरुङको समूहले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दर्ता गर्न प्रहरीलाई दबाब दिएको छ।
- प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि जेनजी समूहले परिसर अगाडी घेराउ गर्दै दबाब दिएको छ।
- काठमाडौँमा प्रहरीलाई 'हाइ अलर्ट' मा राखिएको छ र संवेदनशील ठाउँमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।
काठमाडौँ । जेनजी अगुवा सुदन गुरुङको समूहले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता गर्न प्रहरीलाई दबाब दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेर उनको समूहले दिएको जाहेरी लिन प्रहरीले अस्वीकार गरेको छ ।
जेनजी समूहले ओली र लेखकलाई गिरफ्तार गरेर फौजदारी मुद्दा चलाउन दबाब दिँदै परिसर अगाडी घेराउ गरेका छन् । विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले भदौ २३ र २४ मा भएको प्रदर्शनबारे जाँचबुझ गरिरहेको भन्दै प्रहरीले जाहेरी नलिएपछि उनीहरुले प्रहरी कार्यालय अगाडी बसेर दबाब दिएका हुन् ।
जेनजी समूहले प्रहरी परिसरमा बसेर जाहेरी दर्ता गर्न दबाब दिएसँगै काठमाडौँमा प्रहरीलाई ‘हाइ अलर्ट’मा राखिएको छ । काठमाडौँका संवेदनशील ठाउँमा अहिले ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने– ‘प्रहरी कर्मचारीलाई एकत्रित गरेर तैनाथ गरिएको छ ।’
भद्रकालीस्थित परिसरमा कार्यरत प्रहरी कर्मचारीलाई पनि कार्यालयमा बोलाएर स्ट्याण्डबाई राखिएको परिसरका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण