जेनजी विद्रोहले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको वस्तुगत आधार तयार भयो : विप्लव
सोमबार, २० असोज २०८२, २३ : ०४
१
सारांश
- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको आवश्यकता रहेको बताए।
- उनले जेनजी विद्रोहले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको आधार तयार पारेको बताएका छन्।
- विप्लवले अग्रज नेताहरूले बन्धन तोड्न तयार भएमा अभूतपूर्व शक्ति निर्माण हुने बताए।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जेनजी विद्रोहले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको वस्तुगत आधार र आवश्यकता बलियो गरी तयार पारिदिएको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव चन्दले सो कुरा बताएका हुन् ।
उनले आफ्नो पार्टीले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको प्रस्ताव अघि सारेको बताउँदै जेनजी विद्रोहले त्यसको आधार तयार पारिदिएको बताए । उनले अग्रज नेताहरूले बन्धन तोड्न तयार भएमा अभूतपूर्व शक्ति निर्माण हुनेमा कुनै शङ्का नरहेको समेत बताएका छन् ।
विप्लवले भनेका छन्– ‘इतिहास कहिलेकाहीँ नेतृत्वको बन्धन बन्छ । अग्रज नेताहरूले बन्धन तोड्न तयार भएमा अभूतपूर्व शक्ति निर्माण हुनेमा कुनै शङ्का छैन । तर यो काम जति महान् छ, त्यति नै कठिन पनि छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण