बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

६० करोड ठगी मामिलामा शिल्पा शेट्टीसँग घण्टौँ बयान

मङ्गलबार, २१ असोज २०८२, ११ : १६
मङ्गलबार, २१ असोज २०८२

सारांश

  • मुम्बई प्रहरीले ६० करोड भारु ठगी मामिलामा अभिनेत्री शिल्पा शेट्टीसँग सोधपुछ गरेको छ।
  • शिल्पा र उनका पति राज कुन्द्रा दुवै एक कम्पनीमा निर्देशक थिए, जहाँ व्यापारीलाई ठगी गरेको आरोप छ।
  • अनुसन्धान एजेन्सीले वित्तीय कागजात र बैंक कारोबारको जाँच गरिरहेको छ र थप सोधपुछ जारी छ।

नयाँ दिल्ली । मुम्बई प्रहरीको आर्थिक अपराध शाखा (ईओडब्ल्यू) ६० करोड भारु ठगी मामिलामा बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घण्टौँ ‘बयान लिएको छ । एक व्यापारीसँग सम्बन्धित ६० करोड भारु ठगी मुद्दाको सम्बन्धमा शेट्टीलाई ईओडब्ल्यूले झन्डै चार घण्टा तीस मिनेट सोधपुछ गरेको समाचारमा जनाइएको छ । 

यस मामिलामा अहिलेसम्म शिल्पाका पति राज कुन्द्रा सहित पाँच जना व्यक्तिको बयान रेकर्ड गरिएको छ । अनुसन्धान एजेन्सीको ध्यान अब सम्पूर्ण लेनदेन भएको कम्पनीमाथि छ । शिल्पा र राज दुवै जना यो कम्पनीमा निर्देशक थिए ।

के हो मामिला ?

व्यापारी दीपक कोठारीलाई राज र शिल्पाले ऋण–सह–लगानी सम्झौतामा ६० करोड भारु ठगी गरेको आरोप छ । कोठारीले अगस्टमा जुहू प्रहरी चौकीमा उजुरी दर्ता गरेपछि ईओडब्ल्यूलेले मुद्दा आफ्नो हातमा लिएको थियो । अनुसन्धानको क्रममा धेरै वित्तीय कागजातहरू र बैंक कारोबारहरूको जाँच भइरहेको छ ।

मुद्दामा मुछिएको कम्पनी होम सपिङ र अनलाइन रिटेल मञ्च हो । कम्पनी अब लिक्विडेशनमा गएको छ । यस मामिलामा ईओडब्ल्यूले रिजोलुसन प्रोफेशनल राजेन्द्र भुतडाको बयान पनि रेकर्ड गरेको छ । भुतडालाई साक्षीको रूपमा बोलाइएको थियो । कम्पनीको वित्तीय लेनदेनमा धेरै अनियमितताहरू भएको उनले बताएका छन् ।

के भन्छन् राज कुन्द्रा ?

आफूले बिपाशा बसु, नेहा धुपिया र एकता कपूर जस्ता बलिउड सेलिब्रेटीहरूलाई व्यावसायिक शुल्कको रूपमा पैसाको एक हिस्सा तिरेको राजले भनेका छन् । तर, यी दाबीहरू अझै पुष्टि भएका छैनन् । यी भुक्तानीहरू लगानी सम्झौतासँग प्रत्यक्ष रूपमा सम्बन्धित थिए कि बहाना मात्र हुन् भनेर अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् । यस मामिलाबारे छानबिन शुरुआती चरणमा छ । नयाँ साक्षीहरूलाई सोधपुछ गर्न बाँकी नै रहेको बताइएको छ । कागजातहरूले धेरै लेनदेनको शङ्कास्पद प्रकृतिलाई सङ्केत गर्ने भएकाले यस मुद्दामा नयाँ नामहरू देखा पर्न सक्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप