इन्दु महिला टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी
मङ्गलबार, २१ असोज २०८२, १२ : ५७
सारांश
- इन्दु बर्मा टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेकी छिन्।
- मंगलबार मलेसियाविरुद्धको खेलमा उनले ४८ रन बनाउँदै यो माइलस्टोन हासिल गरिन्।
- इन्दुले ७७ खेलमा १ हजार ४३ रन बनाएकी छन्, र नेपालले सिरिज २-२ को बराबरीमा ल्याएको छ।
काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेकी छन् ।
उनले मंगलबार भएको मलेसियाविरुद्धको खेलमा ४८ रन पूरा गर्दै उक्त माइलस्टोन पूरा गरेकी हुन् ।
इन्दुले इन्दुको ७७ खेलमा १ हजार ४३ रन बनाएकी छन् । नेपाली महिला राष्ट्रिय टोलीले हाल मलेसियासँग पाँच खेलको टी–ट्वान्टी सिरिज खेलिरहेको छ । सिरिजको चौथो खेलमा इन्दुले अविजित ४८ रन बनाएकी हुन् ।
नेपालले आजको खेलमा मलेसियालाई हराउँदै पाँच खेलको सिरिज २–२ को बराबरीमा ल्याएको छ । नेपालका लागि राष्ट्रिय टोलीकी पूर्व उपकप्तान सीता रानामगर ५९ इनिङ्समा ९ सय ६५ रन बनाउँदा रुविना क्षेत्री बेलबासेले ९ सय ३६ रन बनाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण