महेश बस्नेतविरुद्ध प्रहरीले माग्यो पक्राउ पुर्जी, अदालतले भन्यो, ‘थप प्रमाण ल्याउनु’
सारांश
- प्रहरीको साइबर ब्यूरोले नेकपा एमालेका नेता महेश बस्नेतलाई पक्राउ गर्न अनुमति मागेको छ।
- अदालतले थप प्रमाण बुझेर ल्याउन भन्दै पक्राउ अनुमति दिन अस्वीकार गरेको छ।
- बस्नेतमाथि विद्युतीय अपराध सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको थियो, र उच्च अदालतमा मुद्दा विचाराधीन छ।
काठमाडौँ । प्रहरीको केन्द्रीय साइबर ब्युरोले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई पक्राउ गर्न अदालतमा पक्राउ अनुमति मागेको छ ।
मंगलबार ब्यूरोका अनुसन्धान अधिकृतहरू विद्युतीय अपराध सम्बन्धी कसुरमा उनलाई पक्राउ गर्न अनुमति माग्न काठमाडौँ जिल्ला अदालतमा पुगेका थिए । तर, अदालतले ‘थप प्रमाण’ बुझेर ल्याउन भन्दै पक्राउ अनुमति दिन अस्वीकार गरेको छ ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सरकारी वकिल कार्यालयको निर्देशन अनुसार थप प्रमाण बुझेर मात्र पेस गर्न आदेश गरेको काठमाडौँ जिल्ला अदालतका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
शोभा पाठकले दर्ता गरेको विद्युतीय कारोबार ऐन अन्तर्गतको जाहेरी यसअघि ब्यूरोकै आग्रहमा सरकारी वकिल कार्यालयले तामेलीमा राखेको थियो । जेनजी प्रदर्शनपछि बस्नेले पीडितलाई सङ्केत गरेर महिला केन्द्रित अपशब्द लेखेको र महेश बस्नेत फ्यान क्लबमा पनि पीडितबारे अनर्गल कुराहरू लेखिएको भन्दै सरकारी वकिल कार्यालयले असोज ५ मा ब्यूरोलाई निर्देशन दिएको थियो ।
सो निर्देशनपछि प्रहरीले पक्राउ अनुमति मागेको हो । बस्नेत विरुद्धको बलात्कार र भ्रूणहत्या मुद्दा नचलाउने सरकारको निर्णयबारे चाहिँ उच्च अदालत पाटनमा परेको रिट विचाराधीन अवस्थामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण