टी–ट्वान्टी विश्वकप छनोट
विश्वकप छनोट : सामोआद्वारा ओमानलाई ९३ रनको लक्ष्य
बुधबार, २२ असोज २०८२, १३ : ४५
सारांश
- सामोआले टी-ट्वान्टी विश्वकप छनोटमा ओमानलाई ९३ रनको लक्ष्य दियो।
- ब्याटिङ गरेको सामोआले ९ विकेट गुमाएर ९२ रन बनायो।
- सामोआका टेलर र सुलुटोले २२-२२ रन बनाए भने ओमानका बलरले २-२ विकेट लिए।
काठमाडौँ । सामोआले टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसिया र पूर्वी एसिया–प्यासिफिक क्षेत्रको छनोटको पहिलो खेलमा ओमानलाई जितका लागि ९३ रनको लक्ष्य दिएको छ ।
अल इमिरेट क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सामोआले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९२ रन बनायो ।
सामोआका लागि रोस टेलर र फेरेटी सुलुटोले समान २२–२२ रन बनाए । त्यस्तै सोलोमोन नासले १० रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओमानका लागि शाह फैसल, मोहम्द नदीम र अमिर कलिमले दुई–दुई विकेट लिए । त्यस्तै नदीम खान र हसनैन शाहले एक–एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै दुवै टोली प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण