सेयर बजारमा आज पनि उच्च गिरावट, परिसूचक २५५९ मा झर्यो
सारांश
- आज सेयर बजार परिसूचक ४५.३६ अङ्कले घटेर २५५९ अङ्कमा झरेको छ।
- १८ कम्पनीको शेयर मूल्य बढेको छ भने २३२ को घटेको छ।
- फाइनान्स र होटल समूहमा ३ प्रतिशतभन्दा धेरै गिरावट आएको छ।
काठमाडौँ । सेयर बजार परिसूचक आज पनि घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ४५.३६ अङ्क घटेर २५५९ अङ्कमा कायम भएको हो । बजारमा आज ५ अर्ब ७६ करोडको कारोबार भयो ।
बजारमा कारोबार भएका कम्पनीमध्ये आज १८ कम्पनीको मूल्य बढेको छ । २३२ को घट्दा एउटाको स्थिर रहेको छ । आज बजारका सबै समूहमा गिरावट आएको छ । फाइनान्स र होटल समूह ३ प्रतिशत भन्दा धेरैले घटेका छन् । विकास बैंक २.२८, हाइड्रोपावर २.३४, लगानी २.०२, घटेको छ ।
बजारमा आज आत्मनिर्भर लघुवित्तको मूल्य सबैभन्दा धेरै ६ प्रतिशत तथा थ्रीस्टार हाइड्रोपावरको मूल्य ४.७ प्रतिशत बढ्यो । प्रभु इन्स्योरेन्सको मूल्य ६.१२ प्रतिशतसहित सबैभन्दा धेरैले घट्यो ।
आज नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स कम्पनी सबैभन्दा धेरै कारोबार हुने कम्पनीको रूपमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण