बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

क्षतिग्रस्त सडक पुनर्निर्माणमा १० अर्ब ६१ करोड लाग्ने प्रक्षेपण

बुधबार, २२ असोज २०८२, २० : ३६
बुधबार, २२ असोज २०८२

काठमाडौँ । बाढी पहिरोका कारण क्षति  पुगेका सडक पूर्वाधार पुनर्निर्माणका लागि १० अर्ब ६१ करोड लाग्ने भएको छ ।

सडक विभाले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार यस वर्षको बाढी पहिरोका कारण क्षतिग्रस्त  सडक तथा पुल पुनर्निमार्णण्मा उक्त रकम लाग्ने भएको हो । 

विभागकाअनुसार बाढी पहिरोका कारण सडकमा ७ अर्ब बराबरको क्षति पुगेको अनुमान गरिएको छ ।

यसैगरी पुलमा ९१ करोड बराबरको क्षति अनुमान गरिएको छ । जसअनुसार ७ अर्ब ९१ करोड बराबरको कुल क्षति भएको र पुनर्निर्माणमा १० अर्ब ६१ करोड रुपैयाँ लागत विभागले प्रक्षेपण गरेको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप