'वरिष्ठ बलराम' स्थापित र उदाउँदो व्यक्तिबिचको सङ्घर्षको कथा हो : दयाहाङ राई
सारांश
- अभिनेता दयाहाङ राईले फिल्म 'वरिष्ठ बलराम' स्थापित र उदाउँदो व्यक्तिको सङ्घर्षको कथा भएको बताए।
- फिल्ममा दयाहाङ स्थापित पात्र र विजय उदाउँदो पात्रको भूमिकामा छन्, र यो फिल्म व्यक्तिहरुको सोचको टकरावको कथा हो।
- चलचित्र 'वरिष्ठ बलराम' आगामी कात्तिक ६ गते भाइटीकामा रिलिज हुने भएको छ, जसलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्।
काठमाडौँ । अभिनेता दयाहाङ राईले फिल्म ‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबिचको सङ्घर्षको कथा भएको बताएका छन् । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा उनले फिल्मले आफ्नो इज्जत र प्रतिष्ठा बचाइराख्न खोज्ने स्थापित व्यक्ति र त्यसलाई टक्कर दिँदै आफू स्थापित हुन खोज्ने उदाउँदो व्यक्तिबिचको कथा भनेको बताए ।
‘वरिष्ठ बलराम’मा स्थापित भइसकेको पात्र दयाहाङ हुन् भने उनलाई टक्कर दिन उदाउँदै गरेको अर्का पात्र विजय बराल हुन् । मान्छेको भित्री रूप जे भए पनि आवरणमा भने प्रतिष्ठित र वरिष्ठ भनाउन र देखाउन रुचाउने चरित्र हरेक व्यक्तिमा हुने उनी बताउँछन् ।
'मान्छे जस्तो सुकै होस् आवरणमा भने समाजमा ऊ वरिष्ठ र प्रतिष्ठित हुन चाहन्छ, यो मानवीय स्वभाव हो' दयाहाङ भन्छन्, 'यो चलचित्रमा यही कुरा छ । मेरो चरित्र पनि त्यही हो ।'
अभिनेता विजय बरालले चलचित्र ‘वरिष्ठ बलराम’ सामान्य व्यक्तिबाट वरिष्ठ हुन चाहना राख्ने सोचको कथा भएको बताउँछन् । व्यक्तिमा रहेको सोचबिचको टकराब फिल्मको मुख्य विषय भएको उनले खुलाए ।
‘वरिष्ठ बलराम’का मुख्य दुई पात्र दयाहाङ र विजयको टकराबमा आफू बले पात्रका रूपमा रहेको उनले बताएका छन् ।
'फिल्मको नाम कसको नाममा रह्यो, कसको नाम बलराम हो भन्ने रिलिज भएपछि र त्यसअघि ट्रेलरमा केही कुरा थाहा होला', विजय भन्छन्, 'तर, फिल्ममा मलाई बले भनेर भनिएको छ । त्यसैले वरिष्ठ बलराम को हो नभनौँ तर बले भनेर मलाई बोलाइएको छ ।'
उनले सिनियर कलाकार दयाहाङसँग फिल्ममै भए पनि घम्साघम्सी र टकराब लिन केही कठिन भएको अनुभव सुनाए । 'अग्रज र मैले मान्ने भएकाले दाइ के गरौँ, कसरी गरौँ भन्थेँ । दाइले अप्ठ्यारो नमान्, यसरी गर भनेपछि, म गर्थें' विजय भन्छन्, 'अग्रज र सधैँ सम्मान गर्ने कलाकार भएकाले केही अड चाहिँ हुने रहेछ ।'
दयाहाङ भने सेटमा व्यक्ति भन्दा पनि चरित्र हुने भएकाले को सिनियर र जुनियर भन्ने नहुने बताउँछन् । आफूले पनि ‘दासढुंगा’मा गुरु अनुप बरालसँग यस्तै रोलमा काम गरेको उनले स्मरण गरे ।
अभिनेत्री समृद्धि अर्याललले आफू फिल्ममा शो पिस मात्रै नरहेको बताउँछिन् । दुई अग्रज र अब्बल कलाकारको बीचमा आफ्नो पनि राम्रो रोल रहेको उनको भनाइ छ ।
'म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ', सम्वृद्धि भन्छिन्, 'दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने खालको भूमिका छ ।'
‘वरिष्ठ बलराम’को क्यारेक्टर’ले आफ्नो सिने करियरमा सहयोग गर्ने उनको भनाइ छ ।
कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । फिलममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरीलगायत कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण