प्रिमियरले आयोजना गर्यो नेपालकै पहिलो डिप्लोमाथन विश्व सङ्गोष्ठी
सारांश
- प्रिमियर इन्टरनेसनल IB Continuum Schoolले नेपालमा पहिलो डिप्लोमाथन विश्व सङ्गोष्ठी आयोजना गर्यो।
- विद्यार्थीहरूले जलवायु परिवर्तन, विश्वव्यापी ई(कमर्स लगायतका विषयमा बहस तथा प्रस्ताव पेस गरे।
- प्रिमियरका विद्यार्थीहरूले समग्रमा उत्कृष्ट प्रतिनिधिमण्डल पुरस्कार जिते।
- कार्यक्रममा विश्वका राजदूत, नीति निर्माता र नेतृत्वकर्ताको भूमिकामा विद्यार्थी सहभागी थिए।
काठमाडौँ । प्रिमियर इन्टरनेसनल IB Continuum Schoolले नेपालमा पहिलो डिप्लोमाथन विश्व सङ्गोष्ठी आयोजना गरेको छ। विश्वका राजदूत, नीति निर्माताहरू र नेतृत्वकर्ताको भूमिकामा उत्रिएका विद्यार्थीहरूले दुई दिनसम्म चलेको यो अन्तर्राष्ट्रिय बहस तथा नीति निर्माण कार्यक्रममा सहभागिता जनाए।
उपत्यका भित्र र बाहिरका १० भन्दा बढी विद्यालयका १५० भन्दा बढी विद्यार्थीहरूले भाग लिँदै प्रिमियरको परिसरलाई दुई दिनका लागि जीवित संवाद, बहस र विचार आदानप्रदानको केन्द्रमा रूपान्तरण गरे।
कार्यक्रममा विद्यार्थीहरूले जलवायु परिवर्तन, विश्वव्यापी ई(कमर्स, सार्वजनिक स्वास्थ्य, भविष्यका लागि तयार शिक्षा, र फुटबल पर्यटन जस्ता विषयमा बहस र प्रस्ताव पेस गरे। कतै जोसिला भाषणहरू, कतै रोचक बहस र आकस्मिक सङ्कट समाधानका अभ्यासले विद्यार्थीहरूको सोच, सृजनशीलता र नेतृत्व क्षमतालाई थप निखारे।
कार्यक्रमको समापनमा प्रिमियरका विद्यार्थीहरूले सबै तहमा उत्कृष्ट प्रदर्शन गर्दै समग्रमा उत्कृष्ट प्रतिनिधिमण्डल पुरस्कार हात पारे।
प्रिमियरका विजेता विद्यार्थीहरूमा दार्शनीका न्यौपाने, शाइरा श्रेष्ठ बताजु, असोस पुरी, आश्रय अग्रवाल र रुचिका खड्गी, अनुज के। घिमिरे, प्रिशा कर्माचार्य, हृदिमा अग्रवाल, शिवाय अग्रवाल र आरोन श्रेष्ठ रहेका छन् ।
कार्यक्रम समापन समारोहमा प्रिमियरकी शैक्षिक निर्देशक प्रवीणा थापाले प्रिमियर सधैँ जोखिम लिन र नयाँ काम सुरु गर्न तयार रहने संस्था भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण