‘जेनजीले बुझ्नुपर्ने कुरा’ भन्दै सुदन किरातीले दिए ७२ दिनमै ढलेको श्रमिक सरकारको उदाहरण
सारांश
- पूर्वमन्त्री सुदन किरातीले जेनजी आन्दोलन र नेतृत्वलाई सन्देश दिएका छन्।
- उनले विश्व इतिहासको उदाहरण दिँदै अनुभव र एकताको अभावमा आन्दोलन असफल हुने चेतावनी दिए।
- किरातीले पेरिस कम्युनको असफलताका कारणहरू औंल्याउँदै नयाँ पुस्तालाई सचेत गराए।
काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले हालको जेनजी आन्दोलन र यसको नेतृत्वप्रति सन्देशमूलक टिप्पणी गरेका छन्। उनले विश्व इतिहासको उदाहरण दिँदै अनुभव र एकताको अभावमा परिवर्तनका आन्दोलनहरू असफल हुने जोखिम हुने बताएका छन् ।
किरातीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, 'जेनजीले बुझ्नु पर्ने कुरा — विश्व इतिहासमा श्रमिकहरुको पहिलो सरकार विभत्स ढंगले ७२ दिनमै ढलेको थियो।'
उनका अनुसार सन् १८७१ मे २८ मा फ्रान्सको पेरिसमा स्थापना भएको श्रमिक सरकार (पेरिस कम्युन) असफल हुनुका मुख्य कारण अनुभवको कमी, पुरानो सत्ताको बलियो संयन्त्र, सत्ता गुमाएको शक्तिको प्रतिशोधी प्रवृत्ति र आन्तरिक विभाजन थिए।
किरातीले लेखेका छन्, 'आन्तरिक कलहले नेतृत्व विभाजित हुँदा मुख्य काममा केन्द्रित हुन नसक्नु, प्रतिशोधपूर्ण सोचाइ हुनु र राष्ट्रिय एकतामा ध्यान नपुग्नुले सरकार ७२ दिनमै ढल्यो।'
उनले त्यसबेलाको परिणाम उल्लेख गर्दै भनेका छन्, 'हजारौं श्रमिकहरूलाई मृत्युदण्ड, जेल र देशनिकालको यातना भोग्नुपरेको थियो।'
किरातीको यो टिप्पणीलाई राजनीतिक विश्लेषकहरूले हालको जेनजी आन्दोलनप्रति गरिएको चेतावनीका रूपमा लिएका छन्। उनका अनुसार, नयाँ पुस्ताले ऐतिहासिक अनुभवहरूबाट सिक्दै राष्ट्रिय एकतामा जोड दिन जरुरी छ।
सन् १८७१ मे २८ मा फ्रान्सको राजधानी पेरिसमा भएको ‘पेरिस कम्युन’ विश्वकै पहिलो श्रमिक शासनको रूपमा इतिहासमा चिनिन्छ, जसलाई त्यसै वर्ष ७२ दिनमै सैनिक कारबाहीद्वारा अन्त्य गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण