सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जङ्गबहादुर राईको नयाँ गीत ‘म फसेछु कस्तो माया जालमा’ सार्वजनिक

बिहीबार, २३ असोज २०८२, १२ : ३१
बिहीबार, २३ असोज २०८२

सारांश

  • गीतकार जङ्गबहादुर राईको नयाँ गीत 'म फसेछु कस्तो माया जालमा' सार्वजनिक भयो।
  • गीतमा प्रेममा परेका व्यक्तिको भावना र सम्बन्धको उतारचढावलाई समेटिएको छ।
  • गीतमा गायिका मेलिना राईको स्वर र संगीतकार शान्तिराम राईको संगीत रहेको छ।

काठमाडौँ । गीतकार जङ्गबहादुर राईको नयाँ गीत ‘म फसेछु कस्तो माया जालमा’ सार्वजनिक भएको छ । गीतमा प्रेममा परेका व्यक्तिको भावना र सम्बन्धको उतारचढावलाई समेटिएको छ ।

 ‘म फसेछु कस्तो माया जालमा’ले विशेषगरी प्रेममा बाँधिने जोडीको मनोविज्ञान चित्रण गरेको छ । गीतमा स्वर चर्चित गायिका मेलिना राईले दिएकी छन् भने सङ्गीत संयोजन संगीतकार शान्तिराम राईको छ ।

जङ्गबहादुरको शब्द तथा संगीतमा यसअघि लोक पप ‘सुसेली हाल्यो वनैमा आज कोइलीले भाकेर’ बोलको गीत सार्वजनिक भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप