मधेसमा एमालेसँगको सत्ता सहकार्य कांग्रेसका लागि घातक हुने चेतावनी
बिहीबार, २३ असोज २०८२, १३ : १९
सारांश
- कांग्रेस नेता राम सरोज यादवले एमालेसँगको सत्ता सहकार्य घातक हुने चेतावनी दिएका छन्।
- उनले मधेस प्रदेशमा एमालेसँग सरकार गठन नगर्न र आगामी बैठकमा धारणा राख्ने बताए।
- यादवले केन्द्रको सहकार्यबाट कांग्रेसलाई क्षति भएको र प्रदेशमा पनि त्यस्तै हुने दाबी गरे।
जनकपुरधाम । नेपाली कांग्रेसका नेता तथा मधेस प्रदेशसभा सदस्य राम सरोज यादवले एमालेसँगको सत्ता सहकार्य कांग्रेसका लागि घातक हुने चेतावनी दिएका छन् ।
मधेस प्रदेशमा सरकार गठनका लागि एमाले र जनमत पार्टीको समर्थनमा कांग्रेसले प्रदेश प्रमुख समक्ष दाबी पेस गरेपछि नेता यादवले एमालेसँगको गठबन्धनको विरोध गरेका हुन् ।
उनले भने, ‘एमालेसँग सरकार गठन गर्नु हुँदैन, त्यस पक्षमा हामी शुरु देखिनै छौं । संसदीय दलको आगामी बैठकमा यस विषयमा आफ्ना धारणा स्पष्ट रूपमा राख्नेछौँ ।’
यादवले केन्द्रमा एमालेसँगको सहकार्यका कारण कांग्रेसले पहिले नै ठुलो राजनीतिक क्षति बेहोरेको दाबी गर्दै भने, ‘यदि मधेस प्रदेशमा पनि एमालेसँग सरकार गठन भयो भने काँग्रेसलाई थप घाटा हुनेछ ।’
यसअघि कांग्रेसका नेता शेखर कोइरालाले समेत एमालेसँगको सहकार्य अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण