महोत्तरीमा बाढीले हजारौँ बिघा धान नष्ट, किसानको पसिना बगायो
सारांश
- महोत्तरीका किसानहरू बाढीका कारण धानबाली डुबानमा पर्दा महिनौँको मेहनत खेर गएको छ।
- बाढीले खेत डुबानमा पार्दा किसानहरू राहतको प्रतीक्षामा छन् र उनीहरू वर्षभरि कसरी गुजारा गर्ने भन्ने चिन्तामा छन्।
- कृषि विशेषज्ञका अनुसार, राज्यले तत्काल क्षति मूल्यांकन गरी प्रभावित किसानलाई राहत र आगामी बालीका लागि कार्यक्रम ल्याउनुपर्छ।
महोत्तरी । धान रोप्ने समयमा खडेरीको पीडा झेलेका किसान अहिले बाली भित्र्याउने समयमा आएको अविरण वर्षा र बाढीले थलिएका छन् । धान बाली डुबान हुँदा महिनौँको मेहनत खेर गएको किसान बताउँछन् ।
जलेश्वर नगरपालिका–२ का किसान रामअशिष ठाकुर वरहीका अनुसार धान रोप्ने समयमा खडेरीले दुःख दियो भने भित्र्याउने समयमा बाढीले सतायो ।
‘धान रोप्ने समयमा पानी नै परेन । जसोतसो हजारौँ खर्च गरेर धान रोप्यौँ । ऋण लिएर मल ल्यायौँ, तर अहिले बाढीले सबै नष्ट गरिदियो,’ उनले भने, ‘राहतको मुख ताक्नुबाहेक हामीसँग अरू उपाय छैन ।’

केही दिन अघिको अविरल वर्षासँगै आएको बाढीले जिल्लाभरिका हजारौँ बिघा धानबाली डुबानमा परेको छ । यससँगै किसानको महिनौँको मेहनत खेर गएको छ । केही हप्ता अघिसम्म हरियो धान हल्लिँदै गरेको खेत अहिले पूरै डुबेका छन् । फल्ने तयारीमा रहेको बाली बाढीले सखाप पार्दा किसानहरूको अनुहारमा चिन्ता छाएको छ ।
जलेश्वरकै किसान महिचन पासवानले भने, ‘यत्रो मेहनत गरेर रोपेको खेत अहिले नदी बनेको छ । भगवानकै भरोसा छ । राज्य त हाम्रा समस्या सुन्ने फुर्सदमा छैन ।’
महोत्तरीका जलेश्वर, मनरा, गौशाला, एकडारा, सोनमा लगायतका क्षेत्र डुबानमा परेका छन् । खेतमा पानी जम्दा धानका बोट सड्न थालेका छन् ।
लामो खडेरीका कारण मधेसमा ढिलो गरी रोपाइँ भएको थियो । ऋण काढेरै भए पनि जसोतसो धान रोपेका किसानको परिश्रम बाढीले एकैपटक बगाएर लग्यो ।

कृषक रहिमण राइनले भने, ‘कसैले धान रोप्न साहुसँग ऋण लिएका थिए । कसैले घरको गहना बेचेर खेती गरेका थिए । उब्जनी भएको धान बेचेर ऋण तिर्ने योजना थियो । भित्र्याउने बेलामा आएको बाढीले किसानलाई थप पीडित बनाइदिएको छ ।’
मधेसका किसान धान खेतीका लागि लिएको ऋण तिर्नमात्र होइन, वर्षभरि के खाएर गुजारा गर्ने भन्ने चिन्तामा समेत छन् । अधिकांश किसान आफूलाई वर्षभरि खान पुग्नेगरी धान राखेर बाँकी उब्जनी बेचेर घर खर्च चलाउँदै आएका छन् । यो पटक धान बाली नष्ट भएपछि कसरी गुजारा गर्ने भन्ने चिन्तामा उनीहरू छन् ।
मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका विशेषज्ञ डा. सरोज चौधरीका अनुसार राज्यले तुरुन्तै क्षतिको मूल्याङ्कन गरी प्रभावित किसानहरूलाई राहत, बिउ–मल वितरण र आगामी बालीका लागि पुनःउत्थान कार्यक्रम ल्याउन जरुरी छ । अन्यथा यसले मधेस क्षेत्रमा खाद्य सङ्कट र आर्थिक असन्तुलन निम्त्याउने खतरा छ ।
लामो खडेरीका कारण ढिलो गरी गरिएको रोपाइँले यस वर्ष महोत्तरीमा कुल खेतीयोग्य क्षेत्रफलको ७५.३४ प्रतिशतमा मात्र धान रोपाइँ सम्पन्न भएको थियो । कठिनाइका बाबजुद किसानले जसोतसो धान रोपेका थिए, तर बाली लहलहाउने बेला परेको अविरल वर्षा र बाढीले त्यो मेहनत एकैछिनमा नष्ट गरिदियो । वर्षासँगै आएको बाढीले खेत डुबाएपछि किसानहरूको वर्षभरको पसिना र आशा दुबै बगेर गएका छन् ।

मुलुकका लागि अन्नको भण्डार मानिने मधेस प्रदेशमा अहिले राजनीतिक खिचातानी चरममा छ । सरकार गठनका लागि नेताहरू दौडधुपमा व्यस्त रहँदा किसानहरूको वास्तविक पीडा ओझेलमा परेको छ । खेत डुबेर बाली नष्ट हुँदा किसानहरू निराश र असहाय बनेका छन्, तर राज्यको ध्यान त्यतातिर पुगेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण