आत्मदाह प्रयास
आत्मदाह प्रयास गर्ने एक जना प्रहरी नियन्त्रणमा
बिहीबार, २३ असोज २०८२, १५ : ४६
काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा आत्मदाहको प्रयास गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार आत्मदाह गर्नबाट रोकेर उनलाई अहिले जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर ६ घर भएका कान्छाराम लामाले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । काठमाडौँमा बस्दै आएका उनी बैंकिङ कसुर सम्बन्धी मुद्दामा फस्ने भएपछि आत्मदाह प्रयास गरेको थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
जेनजी समूहका प्रदर्शनकारीसँगै गएर उनले आत्मदाह प्रयास गरेका हुन् । माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले अहिलेसम्म जेनजी समूहका २५ जनालाई पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण