सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पदाधिकारी बैठक

२४ गतेको घटनामा संलग्नलाई कारबाही नगर्न भनेर गृह मन्त्रालयले अराजकता मच्चाउन खोज्यो : कांग्रेस

बिहीबार, २३ असोज २०८२, १८ : ०३
बिहीबार, २३ असोज २०८२

सारांश

  • नेपाली कांग्रेसले भदौ २४ गतेको तोडफोडमा संलग्नलाई कारबाही नगर्ने गृह मन्त्रालयको निर्णयप्रति आपत्ति जनाएको छ।
  • कांग्रेसले सरकार शान्ति सुरक्षा कायम गर्न इच्छुक नदेखिएको र निर्वाचनप्रति गम्भीर नभएको आरोप लगाएको छ।
  • पार्टीले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ।

काठमाडौँ । नेपाली कांग्रेसले गत भदौ २४ गते भएको सार्वजनिक र नीजि सम्पत्ति तोडफोडमा संलग्नलाई कारबाही नगर्ने गृह मन्त्रालयले भनेको भन्दै आपत्ति जनाएको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले गृह मन्त्रालयको यो कार्यले सरकार नै शान्ति सुरक्षा कायम गर्न इच्छुक नदेखिएको प्रस्ट भएको निष्कर्ष निकालेको छ ।

बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले गृह मन्त्रालयले २४ गतेको तोडफोडमा संलग्नलाई कारबाही नगर्न दिएको दबाबबारे पार्टीको गम्भीर असहमति रहेको निष्कर्ष बैठकमा निकालिएको जानकारी दिए । 

‘गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा अराजकता मच्चाइयो । निजी र सार्वजनिक सम्पत्ति ध्वस्त पारियो । त्यो घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्नेमा नेताहरूको समान दृष्टिकोण आएको छ,’ बैठकपछि प्रवक्ता डा.महतले सञ्चारकर्मीहरूसँग भने– ‘गृह मन्त्रालयले नै घटनामा संलग्नलाई कारबाही नगर्न दबाब दिएको कुरा आएको छ । त्यसमा पार्टीको गम्भीर असहमति छ ।’

कांग्रेसले कसरी घटना हुन गयो ? को को दोषी छन् ? छानबिन गरी कारबाही गर्न माग गरेको छ । सरकारको यो गतिविधिले निर्वाचन हुन नसक्ने कांग्रेसले बताएको छ । सरकार निर्वाचनप्रति गम्भीर नभएको देखिएको प्रवक्ता डा.महतले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप