सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महतोले बोलाए पार्टी कार्यकारिणी समितिको बैठक

भोलि केन्द्रीय समिति बैठक
शुक्रबार, २४ असोज २०८२, ११ : १४
शुक्रबार, २४ असोज २०८२

सारांश

  • राष्ट्रिय मुक्ति पार्टी नेपालको कार्यकारिणी समितिको बैठक भर्चुअल माध्यमबाट सुरु भयो।
  • बैठकमा पार्टी एकता, चुनावी तयारी, आर्थिक प्रतिवेदन कार्यान्वयन लगायतका एजेन्डामा छलफल हुनेछ।
  • भोलि केन्द्रीय समितिको बैठक पनि भर्चुअल रूपमा बस्नेछ।

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले कार्यकारिणी समितिको बैठक बाेलाएका छन् । अहिले ११ बजेदेखि भर्चुअल बैठक सुरु भएको सो पार्टीका महासचिव केशव झाले बताए । 

बाटोघाटोको असुविधाका कारण भर्चुअल बैठक बस्न लागेको उनले बताए । बैठकमा पार्टी एकता, मोर्चा र गठबन्धनको विषय, जेनजी आन्दोलन, चुनावी तयारी, आर्थिक समितिको प्रतिवेदन कार्यान्वयन, लेवी सङ्कलन, स्वघोषणाको भुक्तानी गर्ने तथा आर्थिक सहयोग सङ्कलन, पार्टी विधान अनुसारको सङ्गठन विस्तार लगायतका एजेन्डामा छलफल हुने बताइएको छ । 

आज कार्यकारिणी समितिको बैठक सम्पन्न भएपछि  भोलि केन्द्रीय समितिको बैठक बोलाउने महासचिव झाले बताए । केन्द्रीय समितिको बैठक पनि भर्चुअल बस्नेछ ।      

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप