राजनीति
गुण्डुमा सुरु भयो एमाले सचिवालय बैठक
शुक्रबार, २४ असोज २०८२, १२ : १०
सारांश
- एमाले केन्द्रीय सचिवालयको बैठक भक्तपुरमा सुरु भयो।
- बैठकमा राजनीतिक परिस्थिति, पार्टी व्यवस्थापन, र आगामी केन्द्रीय कमिटीका एजेन्डाबारे छलफल हुनेछ।
- केपी शर्मा ओलीले सरकारको कदम र निर्वाचनको सम्भावनाबारे जानकारी गराउनेछन्।
काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा केहीबेरअघिमात्र बैठक सुरु भएको हो ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति,पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेन्डाबारे छलफल हुने सो पार्टीले जनाएको छ ।
त्यस्तै बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश,जिल्ला र प्रवासका अध्यक्षहरूसँग गर्नु भएको भर्चुअल बैठकको जानकारी, वर्तमान सरकारले लिन सक्ने कदम,निर्वाचनको सम्भावनाका बारेमा पनि जानकारी गराउने बताइएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको भन्दै उक्त सरकारले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना गर्न पार्टीले पहल गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण