अनलाइन दर्ता गर्न सूचना विभागका महानिर्देशकलाई स्थानीय अधिकारी तोकियो
शुक्रबार, २४ असोज २०८२, १२ : ४९
सारांश
- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सञ्चारमाध्यम दर्ता गर्न स्थानीय अधिकारी तोक्यो।
- सूचना विभागका महानिर्देशकलाई स्थानीय अधिकारी तोक्ने निर्णय मन्त्रालयले गर्यो।
- मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै निर्णयको जानकारी गराएको हो।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना विभागका महानिर्देशकलाई स्थानीय अधिकारी तोकेको छ । शुक्रबार एक सूचना जारी गर्दै मन्त्रालय सो निर्णय गरिएको जानकारी दिएको हो ।
मन्त्रालयद्वारा प्रकाशित सूचनामा भनिएको छ :‘नेपाल सरकारले छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०४८ को दफा २ को खण्ड (त) ले दिएको अधिकार प्रयोग गरी अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोकेकोले यो सूचना प्रकाशन गरिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण