पिताका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको अपेक्षा गरेका छन्।
- ट्रम्पका छोरा एरिकले पनि पितालाई समर्थन गर्दै सामाजिक सञ्जालमा अभियान चलाएका छन्।
- ट्रम्पले पूर्वराष्ट्रपति ओबामालाई बिना काम नोबेल पुरस्कार दिएको भन्दै आलोचना गरे।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको आस गरेर बसिरहेका छन् । एक पटक होइन, बारम्बार उनले आफूले कयौँ युद्ध रोकेको अनि दुई वटा युद्धविराम गरेको भन्दै आफूले पुरस्कार पाउनुपर्ने भनेका छन् ।
उनका छोरा एरिक ट्रम्पले पनि पिताको समर्थन गर्दै नोबेल पुरस्कारको माग गरेका छन् । पिताको समर्थनमा एरिकले माइक्रोब्लगिङ वेबसाइट एक्समा अभियान नै चलाइरहेका छन् । ‘यदि तपाईंलाई लाग्छ कि डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारको योग्य छन् भने, कृपया रिट्वीट गर्नुहोस्,’ पोस्टमा उनले लेखेका छन् ।
बिहीबार अमेरिकी राष्ट्रपतिले फेरि एक पटक नोबेल शान्ति पुरस्कारको माग गरेका थिए । पूर्वराष्ट्रपति बाराक ओबामालाई केही कामै नगरी नोबेल शान्ति पुरस्कार प्रदान गरिएको पनि उनले सो अवसरमा उल्लेख गरेका छन् ।
‘ओबामाले केही नगरेको कारण नोबेल शान्ति पुरस्कार प्राप्त गरे’ उनले भनेका थिए । ओबामाले पुरस्कार त पाएको तर किन पाए भन्ने कुरा आफूलाई थाहा नभएको ट्रम्पको भनाइ थियो । शुक्रबार नोबेल शान्ति पुरस्कारको विजेताको घोषणा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण