झापामा नालीभित्र पुरुषको शव भेटियो
शुक्रबार, २४ असोज २०८२, १४ : ४१
सारांश
- दमक-७ पशुहाटस्थित नालीमा अन्दाजी ५५ वर्षका एक पुरुषको शव फेला परेको छ।
- शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
- मृतकको दाहिने गालामा धारिलो हतियारको घाउ रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
झापा । झापाको दमक नगरपालिका–७ पशुहाटस्थित नालीभित्र एक पुरुषको शव फेला परेको छ । कर्कटपाताको छानो भएको पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र स्थानीयले आज शव देखेपछि इलाका प्रहरी कार्यालय दमकलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार मृतक अन्दाजी ५५ वर्षका पुरुष रहेका र उनको पहिचान खुल्न सकेको छैन । मृतकको दाहिने गालामा धारिलो हतियारको घाउ रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण