बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई नगदसहित परिचयपत्र दिइने

शुक्रबार, २४ असोज २०८२, १६ : १५
शुक्रबार, २४ असोज २०८२

पोखरा । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कास्कीका ९२ जना घाइते भएका छन् । 

यहाँका विभिन्न ठाउँमा भएको प्रदर्शनका क्रममा कास्की स्थायी ठेगान भएका ९२ जनालाई सरकारले नगद सहित परिचयपत्र वितरण गर्न लागेको छ । 

असोज २६ गते देखि उनीहरूलाई परिचयपत्र वितरण गर्न लागिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।

उनका अनुसार परिचयपत्र र नगद राहत रकम प्राप्त भइसकेको छ । त्यसका लागि उनीहरुले घाइते भई अस्पतालमा उपचारत गराएको टिकट वा पुर्जी, नेपाली नागरिकता र फोटो सहित प्रशासनमा उपस्थित हुनुपर्ने छ । 

भैपरी खर्चको लागि बैंक खाता उपलब्ध गराउनुपर्ने लम्सालले बताए । उनीहरूलाई जनही २० हजारका दरले सहयोग रकम समेत प्रदान गरिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप