बागमती प्रदेश सभामुखमा दाबी गर्ने कांग्रेस संसदीय दलको निर्णय
सारांश
- नेपाली कांग्रेस बागमती प्रदेशले प्रदेश सभाको सभामुख पदमा दाबी गर्ने निर्णय गरेको छ।
- मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले विपद् व्यवस्थापन र सभामुख चयनबारे निर्णय गरेको छ।
- सभामुख भुवनकुमार पाठकको राजीनामा स्वीकृत हुन बाँकी छ र तिहारअघि बस्ने बैठकले स्वीकृत गर्ने तयारी छ।
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेश सभाको सभामुख पदमा दाबी गर्ने भएको छ ।
प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सरकारी निवासमा बसेको संसदीय दलको बैठकले प्रदेश सभामा रिक्त रहेको सभामुख पदमा दाबी गर्ने निर्णय गरेको हो ।
दलका नेता बानियाँको अध्यक्षतामा बसेको बैठकले विपद् व्यवस्थापनदेखि सभामुख चयनसम्बन्धी विषयमा महत्त्वपूर्ण निर्णय गरेको संसदीय दलका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए ।
हालै प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ । सभामुख पाठकले गत २३ भदौमा जेनजी आन्दोलन उत्कर्षमा पुगेका वेला पदबाट राजीनामा दिने घोषणा गरेका थिए । उनले लगत्तै १ असोजमा उपसभामुख अप्सरा चापागाईँसमक्ष राजीनामा बुझाएका थिए ।
यद्यपि, उनको राजीनामा भने स्वीकृत भइसकेको छैन । तिहार अघि बस्ने प्रदेश सभा बैठकले सभामुखको राजीनामा स्वीकृत गर्ने तयारी भइरहेको छ ।
यस्तै सचिव महर्जनका अनुसार बैठकले हालैको मनसुनजन्य विपद् व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय गरी राहत र पुनःस्थापना कार्य तीव्र गतिमा अघि बढाउने निर्णय गरेको छ । बैठकमा आगामी पूरक बजेटका विषयमा दलभित्र थप छलफल गरी साझा धारणा बनाउने सहमति भएको पनि सचिव महर्जनले बताए ।
बैठकले प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेटमा समावेश भएको १० लाख रुपैयाँ मुनिका योजनाहरू उपभोक्ता समितिबाट कार्यान्वयन गर्ने र १० लाख रुपैयाँ माथिका योजना टेण्डर मार्फत गर्ने निर्णय गरेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको आक्रमणमा १६ सैनिकको मृत्यु
-
कम उमेरमै कपाल फुलेर हैरान हुनुहुन्छ ? जान्नुहोस् कारण र रोकथामका उपाय
-
गुआम पुग्यो सुपर टाइफुन ‘बाभी’ : २५० किलोमिटरभन्दा बढीको गतिको आँधी र वर्षा सुरु
-
वर्षायाममा बालबालिकालाई बिरामी हुनबाट कसरी जोगाउने ? ७ महत्त्वपूर्ण टिप्स
-
अमेरिकी युट्युबरको महँगो उपहार मेक्सिकोका खेलाडीले किन फिर्ता गर्नुपर्यो ?
-
नाओमी ओसाकाद्वारा विश्व नम्बर एक सबालेन्का पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण