चलचित्र ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक
काठमाडौँ । अनमोल केसी अभिनित चलचित्र ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा अभिनेता अनमोल, अभिनेत्री जसिता गुरुङ, आँचल शर्मा, भुवन केसी लगायत देखिएका छन् । ट्रेलरमा हेर्दा चलचित्र सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा बनेको अनुमान गर्न सकिन्छ । ट्रेलरले अनमोल जसिता र आँचल दुवैको प्रेममा रहेको अनुमान गर्न सकिन्छ ।
यही असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म सुयोग गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा अनमोल, आँचल र जसिताको अलवा केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी, उषा खड्गीलगायत कलाकारको अभिनय छ । अभिनेत्री सुरक्षा पन्त पनि विशेष भूमिकामा छिन् ।
सरोज न्यौपानेको प्रस्तुति रहेको फिल्मको निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले साझेदारी गरेका छन् । फिल्मको कथा हेमराज बिसीको भने विश्वास तिम्सिनाको पटकथा छ ।
अनुराधा गिरी र इश्वर श्रेष्ठ फिल्मको कार्यकारी निर्माता हुन्, भने एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का रहेका छन् । फिल्मको छायाङ्कन दुलिप रेग्मीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण