सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

एमाले सचिवालय बैठक : नेतृत्व परिवर्तन महाधिवेशनबाट

शुक्रबार, २४ असोज २०८२, २१ : २७
शुक्रबार, २४ असोज २०८२

सारांश

  • एमालेको ५८ औँ सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा छलफल भयो।
  • बैठकमा पार्टी एकता सुदृढ गर्ने, नेतृत्व हस्तान्तरण गर्ने र पुस्तान्तरण गर्ने विषयमा छलफल भयो।
  • भदौ २३ र २४ को जेनजी आन्दोलनबारे समीक्षा गर्दै नेता ज्ञवालीले आन्दोलन शान्तिपूर्ण नभएको बताए।

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ५८ औँ सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा छलफल भएको छ । आज एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको गुण्डुस्थित ओली निवासमा बसेको बैठकमा महाधिवेशन छिट्टै गर्ने बारेमा छलफल भएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकपछि पत्रकारहरूलाई जानकारी दिँदै ज्ञवालीले भने- ‘पार्टीको एकतालाई सुदृढ गर्नुपर्नेछ, नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ, पुस्तान्तरण गर्नुपर्ने कुरा उठेका छन्, ती सबै कुरालाई पार्टीको महाधिवेशन गर्नेछ ।’

पार्टीको महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ खोज्नुपर्ने र महाधिवेशनको माध्यमबाट नयाँ ढङ्गले अगाडि बढाएर जाने बैठकले निष्कर्ष निकालेकाले उनले बताए ।

बैठकमा भदौ २३ र २४ को जेनजी आन्दोलनबारे सविस्तार समीक्षा गरिएको नेता ज्ञवालीले जानकारी दिए । उनले भने, ‘भदौ २३ गते जेनजी युवाहरूले राखेका आवाज स्वाभाविक थिए, आन्दोलन शान्तिपूर्ण हुन्छ, निषेधित क्षेत्र तोड्दैनौँ, सुशासन र भ्रष्टाचार विरुद्धको आन्दोलन शान्तिपूर्ण हुन्छ भन्नुभएको थियो तर त्यसो भएन ।’

सरकारले राष्ट्रिय एकता कायम गर्नुपर्ने, दललाई निषेध नगरी एकता बनाएर जानुपर्ने र सिँगो देशलाई एक ठाउँमा उभ्याएर एकताको वातावरण सृजना गर्नुपर्ने उनले बताए । बैठक भोलि शनिबार पुनः बस्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप