दुर्गा प्रसाईँद्वारा आकस्मिक बैठक आह्वान
सारांश
- दुर्गा प्रसाईंले देशको राजनीतिक संकट गहिरिएको भन्दै आकस्मिक बैठक बोलाएका छन्।
- बैठक भक्तपुरस्थित प्रसाईंको निवासमा आगामी असोज ३० गते बिहान ११ बजे बस्नेछ।
- प्रसाईंले देश इतिहासकै कमजोर र अस्तित्व संकटमा परेको दाबी गरेका छन्।
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले देशको वर्तमान राजनीतिक सङ्कट गहिरिँदै गएको भन्दै आकस्मिक बैठक बोलाएका छन्।
प्रसाईँले आगामी असोज ३० गते बिहीबार बिहान ११ बजे भक्तपुरस्थित आफ्नै निवासमा बैठक आह्वान गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै प्रसाईँले देश हाल इतिहासकै कमजोर र अस्तित्व सङ्कटको अवस्थामा पुगेको दाबी गरेका छन्। उनले सिंहदरबार, सर्वोच्च अदालत, न्यायालय र प्रशासनिक संरचना नै धरापमा परेको भन्दै राष्ट्रसेवक प्रहरी, सशस्त्र प्रहरी र सरकारी कर्मचारीको मनोबल कमजोर पारिएको टिप्पणी गरेका छन्।
यस्तो संवेदनशील राजनीतिक परिस्थितिमा देश र जनताको हितका लागि महाअभियानले आवश्यक राजनीतिक निर्णय लिनुपर्ने भएकाले बैठक बोलाइएको उनले बताएका छन्।
बैठकमा जिल्ला, अञ्चल र केन्द्रका संयोजक, सचिव तथा सचिवालय सदस्यहरूको अनिवार्य उपस्थिति हुन आग्रह गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण