थप्न लागिएको चार मन्त्रीप्रति जेनजी अभियन्ता ढुङ्गानाको असन्तुष्टि
सारांश
- सरकारले जेनजीको प्रतिनिधित्व हुने गरी मन्त्री थप्ने तयारी गरेपछि जेनजी अभियन्ताले असन्तुष्टि जनाएका छन्।
- रामजी राम, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र टासी ल्हाजोमलाई मन्त्री बनाउने तयारी छ।
- मन्त्री बन्न लागेका व्यक्तिहरुमध्ये रामजी राम स्वास्थ्य, श्रेष्ठ पर्यटन, गुप्ता युवा तथा खेलकुद र टासी महिला मन्त्रालयको जिम्मेवारीमा आउने तयारी छ।
काठमाडौँ । सरकारले जेनजीको प्रतिनिधित्व हुने गरी थप्न लागेको चार मन्त्रीको सूचीप्रति जेनजी अभियन्ता मिराज ढुङ्गानाले असन्तुष्टि जनाएका छन् । उनले चर्चा गरिएका व्यक्तिहरुमध्ये को जेनजी हो र कुन जेनजीले सिफारिस गरेको हो ? भन्दै उनले प्रश्न उठाएका हुन् ।
रामजी राम, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र टासी ल्हाजोमलाई जेनजीको प्रतिनिधिको रुपमा सरकारमा सहभागी गराउने तयारी छ । सरकारको यो तयारीप्रति ढुङ्गानालगायत अन्य जेनजीहरुले पनि असन्तुष्टि जनाएका छन् ।
चमार समुदायबाट पहिलो डाक्टर बनेका रौतहटका रामजी रामलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ। चमार समुदायबाट पहिलो डाक्टर बनेका राम कलेज शुल्क विवादका कारण चर्चामा आएका थिए ।
श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय, र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।
श्रेष्ठ सांस्कृतिक सम्पदा संरक्षणका अभियन्ता हुन्। भूकम्पपछिको पुनर्निर्माणका क्रममा रानीपोखरी, पशुपति क्षेत्र र खुलामञ्चमा भएको व्यापारीकरणको विरोध गर्दै उनले निरन्तर आवाज उठाउँदै आएका छन्।
त्यसैगरी बब्लु गुप्ता कोभिड-१९ को समयमा निःशुल्क खाना अभियान सञ्चालन गर्ने युवा अभियन्ता हुन्। उनले ‘हन्ड्रेड ग्रुप’ मार्फत ११० विद्यार्थीलाई निःशुल्क पढाइरहेका छन् र बिरामीका लागि रगत खोज्ने अभियानमा पनि सक्रिय छन्।
हुम्लाको लिमि भ्यालीकी टासी ल्हाजोम जलवायु परिवर्तनका मुद्दामा बोल्दै आएकी युवती हुन्। दिल्ली विश्वविद्यालयको हिन्दु कलेजकी स्नातक टासीले हिमाली समुदायका समस्याबारे अन्तर्राष्ट्रिय मञ्चमा समेत आवाज उठाउने गरेकी छिन्।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका अन्य युवाहरूलाई पनि सचिवालय तहमा समेट्ने तयारी गरेकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण