विपिन जोशी रिहा हुनेमा नेपाल आशावादी
सारांश
- परराष्ट्र मन्त्रालयले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइको आशा व्यक्त गरेको छ।
- प्रवक्ताका अनुसार जोशी सकुशल छन् र चाँडै रिहा हुने सम्भावना रहेको छ।
- नेपालले इजरायल र हमासबीचको शान्ति सम्झौतालाई स्वागत गरेको छ र सबै बन्धकहरूको रिहाइको आह्वान गरेको छ।
काठमाडौँ । परराष्ट्र मन्त्रालयले हमासको कब्जामा रहेका विपिन जोशी रिहा हुनेमा आशावादी रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले हालसम्मको अवस्था हेर्दा जोशी सकुशल रहेको र चाँडै रिहा हुनेमा आफूहरू विश्वस्त रहेको बताएका हुन् ।
‘ढिलै भए पनि विपिन जोशी कब्जामा परे पछि सुरुको भिडियो सार्वजनिक भएको छ, मृत्युको लिस्टमा उनको नाम छैन, इजरायले पनि जिउँदै रहेको भन्दै आइरहेका कारण उनी चाँडै रिहा हुनेमा आशावादी छौँ’ उनले भने ।
इजरायलस्थित नेपाली दूतावाससँग परराष्ट्र मन्त्रालयले नियमित सम्पर्क गरिरहेको समेत उनले बताए । उनले इजरायल र हमासबिच भएको शान्ति सम्झौतालाई नेपालले स्वागत गरेको पनि बताए ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आधिकारिक रूपमै सो सम्झौताको स्वागत गरेको छ । साथै नेपालले यो बहुप्रतिक्षित सम्झौता सुरक्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेकोमा संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्किको प्रशंसा समेत गरेको छ ।
यो सम्झौतालाई कार्यान्वयन गर्न र गाजाका जनतालाई मानवीय सहयोगको सहज प्रवाह सुनिश्चित गर्न तथा दिगो शान्तिको मार्ग प्रशस्त गर्न मन्त्रालयले सम्बन्धित पक्षलाई आग्रह समेत गरेको छ । साथै जोशीलगायत सबै बन्धकको तत्काल रिहाइको आह्वान पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण