बब्लु गुप्ता भन्छन्– मन्त्री बन्ने कुरा मलाई थाहा छैन
सारांश
- युवा बब्लु गुप्ताले मन्त्री बन्ने कुरा आफूलाई थाहा नभएको बताए।
- जेनजी पुस्ताबाट चार जनाको नाम सिफारिस हुँदा बब्लुको नाम पनि चर्चामा रहेको छ।
- उनले आफू काममा विश्वास गर्ने भएकाले यस्ता कुराको पछाडि नलागेको बताए।
काठमाडौँ । जेनजी आन्दोलनमा सक्रिय युवा बब्लु गुप्ताले मन्त्री बन्ने कुरा आफूलाई थाह नभएको बताएका छन् । जेनजी पुस्ताको तर्फबाट चार जनाको नाम सिफारिस भएकोमध्ये बब्लुको नाम पनि चर्चामा रहेको छ । उनको नाम खेलकुद मन्त्रीको रूपमा चर्चामा आएका बेला उनले यस्तो धारणा बाहिर ल्याएका हुन् ।
आफूले काममा विश्वास गर्ने भएकाले यस्ता कुराको पछाडि नलागेको बताउँदै उनले भने– ‘यो मन्त्रीको कुरालाई लिएर मिडिया ट्रायल पनि हुनसक्छ ।’
नेपालमा सकारात्मक कुरा भन्दा नकारात्मक कुरा बढी हुने गरेको भन्दै उनले आफूलाई मन्त्रीको बारेमा जानकारी नरहेको पनि पटक पटक दोहोर्याए ।
राष्ट्रपति कार्यालय अगाडि मिडियासँग कुरा गर्दै गुप्ताले आफू १० वर्षदेखि काम गर्दै आएको र काम गर्नेमा मात्र रुचि रहेको बताए ।
नभएको कुराको पछि लाग्न नहुने भन्दै उनले विगतमा गरेको कामको आधारमा कसैले यो कुरा चर्चामा ल्याएको हुनसक्ने तर यथार्थ त्यस्तो नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण