नेविसंघको आकस्मिक बैठक : जेनजी आन्दोलन र पार्टी पुनर्संरचना मुख्य एजेण्डा
शनिबार, २५ असोज २०८२, १६ : ४९
सारांश
- नेविसंघ केन्द्रीय समितिको आकस्मिक बैठक काठमाडौंमा बसिरहेको छ।
- बैठकले जेनजी आन्दोलनको भावनालाई संस्थागत गर्ने विषयलाई प्राथमिकता दिएको छ।
- भदौ २३ र २४ गतेका घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाही र पुनर्संरचनाबारे छलफल हुँदैछ।
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय समितिको आकस्मिक बैठक अहिले बसिरहेको छ।
शनिबार काठमाडौँमा सुरु भएको यो बैठकका प्रमुख एजेन्डाहरूमा विशेष गरी जेनजी आन्दोलनको भावना र मर्म संस्थागत गर्ने विषयले प्राथमिकता पाएको छ।
बैठकले भदौ २३ र २४ गतेका घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक कारबाही गर्ने र मातृ पार्टी (नेपाली कांग्रेस) तथा भ्रातृ संघ-संगठनहरूको पुनर्संरचना गर्नेबारे पनि छलफल गरिरहेको छ।
त्यस्तै, स्थायी शान्ति, सद्भाव, राष्ट्रिय एकता र मेलमिलाप प्रवर्द्धन गर्ने विषयमा पनि छलफल हुनेछ। नेविसंघका प्रवक्ता सुरज सेजुवालका अनुसार बैठकमा केन्द्रीय सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण