दसैँमा तीन चलचित्रको धमकेदार व्यापार: ‘बलिदान’ शीर्ष स्थानमा
काठमाडौँ । यस वर्षको दसैँको अवसर पारेर असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन नेपाली चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेका छन्। चलचित्र विकास बोर्डको तथ्याङ्क अनुसार असोज २३ गते मध्यरातसम्मको व्यापार उत्साहजनक देखिएको छ।
सन्तोष सेनको निर्देशन मा तयार भएको चलचित्र 'बलिदान' ले सबैभन्दा धेरै चार करोड ४२ लाख रुपैयाँ को व्यापार गर्दै शीर्ष स्थानमा रहेको छ। यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा र ऋचा शर्मालगायतका कलाकारहरूले अभिनय गरेका छन्।
दोस्रो स्थानमा अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गरेको चलचित्र 'हरिबहादुरको जुत्ता' रहेको छ। दीपेन्द्रकुमार खनालको निर्देशनमा बनेको यो चलचित्रले तीन करोड ९० लाख रुपैयाँ को व्यापार गर्न सफल भएको छ। चलचित्रमा हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, किरण केसी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
फूलपातीकै अवसरमा प्रदर्शन भएको अर्को चलचित्र ‘माइतीघर’ ले पनि बक्स अफिसमा राम्रो प्रदर्शन गरेको छ। रोहित अधिकारीको निर्माण र मिलन तामाङको निर्देशनमा बनेको यो चलचित्रले दुई करोड ८५ लाख रुपैयाँ को व्यापार गरेको छ। यो चलचित्रमा केदार घिमिरे, उपासना सिंह ठकुरी, धिरज मगर र प्रकाश सपुतले अभिनय गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण