शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुसी आक्रमणका कारण युक्रेनको ओडेसा क्षेत्रको विद्युत सेवा बन्द

शनिबार, २५ असोज २०८२, १८ : ५८
शनिबार, २५ असोज २०८२

सारांश

  • शनिबार बिहान रुसी आक्रमणले युक्रेनको ओडेसा क्षेत्रको ऊर्जा प्रणालीमा क्षति पुर्‍यायो।
  • आक्रमणका कारण ओडेसा क्षेत्रका २ लाख ४० हजारभन्दा बढी घरमा विद्युत सेवा अवरुद्ध भएको छ।
  • युक्रेनले रुसले नागरिक पूर्वाधारलाई लक्षित गरेको आरोप लगाएको छ, तर रुसले भने अस्वीकार गरेको छ।


किएभ । युक्रेनको दक्षिणी ओडेसा क्षेत्रका केही भागहरूमा शनिबार बिहानै भएको रुसी आक्रमणले युक्रेनको ऊर्जा प्रणालीमा व्यापक क्षति भएको अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूले पछिल्लो बिजुली कटौतीले कति मानिसहरूलाई असर गरेको छ भनेर बताएनन् तर युक्रेनी ऊर्जा फर्म डिटिइकेले यस क्षेत्रको राजधानीका केही भागहरूमा विद्युत सेवा अवद्ध भएको रिपोर्ट गरेको छ। डिटिइकेका अनुसार आक्रमणका कारण यस क्षेत्रका दुई लाख ४० हजार भन्दा बढी घरहरूमा विद्युत सेवा अवरूद्ध बनेको छ। 

‘हिजो रात, दुश्मनले ओडेसा क्षेत्रमा ऊर्जा र नागरिक पूर्वाधारमा आक्रमण गरेका कारण विद्युत सेवा अवरूद्ध भएको छ।,’ क्षेत्रीय गभर्नर ओलेग किपरले टेलिग्राममा भने ।
‘विद्युत क्षेत्रका इन्जिनियरहरूले बिजुली आपूर्ति पूर्ण रूपमा पुनस्र्थापना गर्न हरसम्भव प्रयास गरिरहेका छन्,’ उनले थपे ।

मस्कोले २०२२ मा आक्रमण गरेदेखि प्रत्येक हिउँदमा युक्रेनको ऊर्जा ग्रिडलाई लक्षित गर्दै आएको छ । विद्युत ग्रिडहरूमा हसने आक्रमणले लाखौं घरहरूको बिजुली र ताप कटौती गर्दछ र किएभमा पानी आपूर्तिमा बाधा पुर्याउँछ । 

किएभले आक्रमणहरू मुख्य रूपमा नागरिकहरूविरुद्ध लक्षित भएको दावी गरेपनि रूसले युक्रेनले लगाएको आरोपको खण्डन गर्दै युक्रेनी सेनाले ऊर्जास्थलहरू प्रयोग गर्ने गरेको बताएको छ। 

ठूलो मात्रामा रुसी आक्रमणका कारण राजधानी किएभ र अन्य नौ क्षेत्रमा बिजुली कटौती भएको भोलिपल्ट शनिबारको अवरोध भएको हो ।

डिटिइकेले शनिबार बिहान भनेको छ, ‘आक्रमणपछि अवरूद्ध विद्युत सेवा राजधानीका करिब  आठ लाखभन्दा बढी घरहरूमा पुनस्र्थापना गरिएको छ।’ 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबारको रुसी आक्रमणलाई ‘शत्रुद्वारा गरेको उच्च क्षति’ को संज्ञा दिएका छन् भने उनले पश्चिमा देशहरूलाई मस्कोमाथि प्रतिबन्ध बढाउन आग्रह गरेका छन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप