बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

काभा मेन्स नेसन्स लिगका लागि राष्ट्रिय पुरुष भलिबल टोली घोषणा

शनिबार, २५ असोज २०८२, २१ : ५९
शनिबार, २५ असोज २०८२

सारांश

  • सेन्ट्रल एसियन भलिबल संघ (काभा) नेसन्स लिगका लागि नेपाली राष्ट्रिय भलिबल टिमको घोषणा भयो।
  • नेपाल भलिबल संघले शनिबार १४ सदस्यीय टोली घोषणा गरेको हो।
  • काभा मेन्स नेसन्स लिग बङ्गलादेशमा कार्तिक ०५ देखि ११ गतेसम्म हुँदैछ।

काठमाडौँ । सेन्ट्रल एसियन भलिबल संघ (काभा) नेसन्स लिगका लागि नेपाली राष्ट्रिय भलिबल टिमको घोषणा भएको छ । 

नेपाल भलिबल सघले शनिबार  १४ सदस्यीय टोली घोषणा गरेको हो । काभा मेन्स नेन्स लिग बङ्गलादेश भलिबल फेडेरेसनको आयोजनामा कार्तिक ०५ देखि ११ गतेसम्म (अक्टोबर २२–२८, २०२५० बङ्गलादेशमा हुँदैछ । 

नेपाल भलिबल संघको असोज २३ गते सम्पन्न ५७औँ कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय टिमका प्रशिक्षकहरूलाई राष्ट्रिय टिम छनोटको जिम्मेवारी दिएको थियो ।   प्रशिक्षकहरूले असोज २३ र २४ गते सम्पन्न अन्तिम चरणको छनोटबाट खेलाडीहरू छानेका हुन् ।

नेपाली टोली ? 

धनबहादुर भट्ट क्षेत्री, धिरज काजी वस्नेत, सुनिल बोहोरा, पहल गहतराज, शरण सामरी क्षेत्री, शैलेन्द्र यादव, विनोद चन्द, अर्जुन नेपाली, सफल विक, रविन नगरकोटी, नृपध्वज वस्नेत, हरि हजुर थापा, सुजन सुनार र सन्तोष राई 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप