नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिन्छ: प्रधानमन्त्री कार्की
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिने बताइन्।
- उनले नेपाल राष्ट्र बैंकका गभर्नरसँग छलफल गरी नोटमा संवत् प्रयोगबारे निर्णय लिने बताइन्।
- प्रधानमन्त्री कार्कीले शङ्खधर साख्वाःको सालिकमा माल्यार्पण कार्यक्रममा सहभागी हुने बताइन्।
भक्तपुर। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र बैङ्कबाट निष्कासन गरिने नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिने बताएकी छिन् ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान, मध्यपुरथिमि, भक्तपुरको प्रतिनिधिमण्डलले नेपाल संवत् ११४६ अवसरमा मध्यपुरथिमिस्थित राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पणका लागि प्रमुख अतिथिका लागि आमन्त्रण गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमार्फत नेपाल राष्ट्र बैङ्कको गभर्नरसँग छलफल गरी सरकारले नेपाली नोटमा नेपाल संवत् प्रयोग गर्नेबारे छलफल गर्ने बताइन् । प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठको नेतृत्वमा गएको टोलीसँगको भेटमा उनले रु पाँच सयको नोट छपाइका लागि विधिवत् रूपमा गइसकेको हुनाले अब निष्कासन हुन बाँकी नोटमा नेपाल संवत् प्रयोग गर्न सकिने बारेमा छलफल गरी निर्णय लिने बताएको प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
नेपाल संवत् नेपालको मौलिक संवत् भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नेपाल संवत् र राष्ट्रिय विभूतिबारे विशेष चासो दिएकी थिइन् । उनले नेपाल संवत्को नयाँ वर्षको दिन शङ्खधर साख्वाःको सालिकमा माल्यार्पण कार्यक्रममा सहभागी हुने बताएको उनले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण