राजनीति
एमाले सचिवालय बैठक आज बस्दै
आइतबार, २६ असोज २०८२, ०५ : ४५
सारांश
- नेकपा एमालेको सचिवालय बैठक आइतबार बिहान ११ बजे बस्ने भएको छ।
- अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको बैठक स्थगित गरिएको थियो।
- बैठकमा पार्टीको महाधिवेशन र जेनजी आन्दोलनबारे छलफल हुनेछ।
काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आज बिहान बस्दै छ। अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको लागि तय भएको बैठक स्थगित भई (आज) आइतबार बिहान ११ बजेका बस्ने लागेकाे हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकीले सताएपछि शनिबारको बैठक स्थगित गरिएको थियो।
यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्नेबारे विस्तृत छलफल भएको थियो। सो बैठकले महाधिवेशनमार्फत उठेका सबै प्रश्नको समाधान खोज्ने र नयाँ ढङ्गले पार्टीलाई अघि बढाउने निष्कर्ष निकालेको थियो।
त्यसैगरी, बैठकमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे पनि सविस्तार समीक्षा गरिएको थियो। बैठकले राष्ट्रिय एकता कायम गर्न, दलबीच सहकार्य बढाउन र देशभर एकताको वातावरण सृजना गर्नुपर्ने निष्कर्ष निकालेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण