जेनजीलाई महावीरको सुझाव– 'गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहोर्याउनुस्'
सारांश
- मन्त्री महावीर पुनले जेनजी पुस्तालाई गुटबन्दी र खुट्टा तानातान नगर्न आग्रह गरेका छन्।
- उनले सामाजिक सञ्जालमार्फत गुटबन्दीले नोक्सान हुने कुराको दृष्टान्त प्रस्तुत गरे।
- पुनले युवा पुस्तालाई देशमा सुशासन र समृद्धिको सपना पूरा गर्न एकताको आवश्यकता औंल्याए।
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले गुटबन्दी र खुट्टा तानातान नगर्न जेनजी पुस्तालाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले गुटबन्दी र खुट्टा तानातानले अझ धेरै नोक्सान हुने दृष्टान्त पेस गरेका छन् ।
नेपालमा विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तन र सो क्रममा उत्पन्न भएको समस्या केलाउँदै उनले इतिहासबाट पाठ सिक्ने आग्रह गरेका हुन् ।
इतिहास हेरेर जेनजीहरुले पाठ सिक्न अनुरोध छ। तपाईँहरू भनेको एउटा निश्चित उमेरको युवाहरूको समूह हो । तपाईँहरूको राजनीतिक सङ्गठन छैन। तपाईँहरूले देशमा सुशासन ल्याउन चाहनुहुन्छ र भ्रष्टाचार निर्मूल पार्न चाहनु हुन्छ। अनि तपाईँहरूले नेपाललाई एउटा समृद्ध देश बनाउने सपना देख्नु भएको छ। यो सपना पुरा गर्नको लागि तपाईँहरूमा एकताको अत्यन्तै खाँचो देखेको छु। किन भने तपाइहरू बिचमा पनि गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हाबी हुँदैछ, पुनले लेखेका छन् ।
मातृभूमिको अस्तित्वको लागि नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहऱ्याउनु पनि उनले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण