बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

वैकल्पिक राजनीतिक शक्तिदेखि जेनजी पुस्तासम्मको बृहत्तर एकताका लागि विवेकशील पार्टीको आह्वान

आइतबार, २६ असोज २०८२, ०९ : १८
आइतबार, २६ असोज २०८२

सारांश

  • विवेकशील साझा पार्टीले वैकल्पिक राजनीतिक शक्ति र जेनजी पुस्तासँग एकताको आह्वान गरेको छ।
  • पार्टीले भ्रष्टाचारविरुद्धको अभियान, सुसंस्कृत राजनीति र युवा प्रतिनिधित्वलाई जोड दिएको छ।
  • आगामी निर्वाचनलाई ध्यानमा राख्दै, पार्टीले सहकार्य र एकीकरणका लागि ढोका खुला गरेको जनाएको छ।

काठमाडौँ । विवेकशील साझा पार्टीले वैकल्पिक राजनीतिक शक्तिदेखि जेनजी पुस्तासम्मको बृहत्तर एकताका लागि आह्वान गरेको छ । 

प्रवक्ता आशुतोष प्रधानले जारी गरेको विज्ञप्तिमा भनिएको छ– 'भ्रष्टाचार विरुद्ध सशक्त अभियान,सुसंस्कृत राजनीतिको निरन्तर अभ्यास र हरेक क्षेत्रमा युवाहरूको प्रभावकारी प्रतिनिधित्वलाई आत्मसात्,अभ्यास गर्दै नेपालमा वैकल्पिक राजनीतिको जग खनेर राजनीतिको भाष्य नै परिवर्तन गर्न सफल विवेकशील साझा पार्टीले अहिलेको विषम राजनीतिक परिस्थितबाट मुलुकलाई निकास दिन वैकल्पिक राजनीतिक शक्ति,जेनजी पुस्ता र परिवर्तनकारी सबै शक्ति,अभियान,समूह र अभियन्ताहरुको बृहत्तर एकता र मोर्चाबन्दीलाई विशेष जोडका साथ अघि बढाउन सार्वजनिक प्रतिबद्धता व्यक्त गर्दछ।'

जेनजी पुस्ता विद्रोह र सहादतको जगमा हुन लागिरहेको आम निर्वाचनलाई दृष्टिगत गर्दै भ्रष्टाचार र कुशासनविरुद्ध समतामूलक संवृद्ध नेपाल निर्माणका लागि वैकल्पिक राजनीतिक शक्ति, नयाँ दल, जेनजी आन्दोलनका अभियन्ता एवं समूह तथा सार्वजनिक परिचय बनाएका व्यक्तिहरूसँग सहकार्य, ध्रुवीकरण, कार्यगत एकता र बृहत्तर एकीकरण सम्मका लागि सबै ढोकाहरू खुला गरिएको पार्टीले जनाएको छ । 

564446704_2621686898176046_5116907046962336443_n553299702_798117482955809_2065776866742135412_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप