प्राविधिक विश्वविद्यालयप्रति विद्यार्थीहरूको आशा पलाएको छ : मुख्यमन्त्री आचार्य
आइतबार, २६ असोज २०८२, १५ : १०
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयले विद्यार्थीहरूको आकर्षण बढाउन थालेपछि विश्वविद्यालयप्रति नयाँ आशा पलाएको बताएका छन् ।
आइतबार बाँकेको नेपालगञ्जमा लुम्बिनी प्राविधिक विश्वविद्यालयको सातौँ सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विश्वविद्यालयलाई उत्कृष्ट र नमुना संस्थाका रूपमा विकसित गर्न साझा प्रयास आवश्यक रहेको समेत बताए ।
उनले लुम्बिनी प्राविधिक विश्वविद्यालय भौगोलिक रूपमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सङ्गम स्थल भएकाले यसले तीन वटै प्रदेशका विद्यार्थीलाई आकर्षित गर्न सक्ने बताए ।
उनले विश्वविद्यालयलाई थप उत्कृष्ट बनाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिए । सातौँ सभामा विश्वविद्यालयका विभिन्न आर्थिक, शैक्षिक र प्रशासनिक विषयमा प्रस्तावहरूमा छलफल गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण