शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
तिहारको रौनक सुरु : असन-इन्द्रचोकमा किनमेल गर्नेहरूको भीड

तिहारको रौनक सुरु : असन-इन्द्रचोकमा किनमेल गर्नेहरूको भीड

आइतबार, २६ असोज २०८२

काठमाडौँ । तिहार पर्व आउन करिब एक हप्ता बाँकी रहँदै काठमाडौँको मुख्य बजार क्षेत्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको चहलपहल बढेको छ। यस क्षेत्रमा अहिले तिहार विशेष बजार सुरु भइसकेको छ।

tihar market (1)

बजारमा अहिले दियो, विभिन्न प्रकारका माला, फूल, लखेटी बत्ती, रङ्गीबिरङ्गी सजावटका सामग्रीदेखि लिएर मिठाई र पूजा सामग्रीसम्मको ठूलो कारोबार भइरहेको छ। 

tihar market (2)

तिहारको विशेष किनमेलका लागि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रबाट आउने उपभोक्ताहरूको बाक्लो उपस्थितिले असन र इन्द्रचोक क्षेत्रको रौनक निकै बढेको छ। व्यापारीहरूले पनि ग्राहकको मागअनुसारका नयाँ र आकर्षक सामानहरू भित्र्याएर बजारलाई थप आकर्षक बनाएका छन्।

tihar market (3)tihar market (5)tihar market (6)tihar market (7)tihar market (8)tihar market (9)tihar market (10)tihar market (11)tihar market (12)tihar market (13)tihar market (14)

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया