नेकपा बहुमतका १६ नेताले छाडे पार्टी (नामसहित)
सारांश
- धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत पार्टीका १६ जना नेताले पार्टी छाडेका छन्।
- उनीहरूले पार्टीभित्र रूपान्तरण र पुनर्गठनको आवश्यकता औंल्याएका छन्।
- उनीहरूले नयाँ अभियान सुरु गर्ने घोषणा गर्दै श्रमजीवी जनताको भरोसायोग्य कम्युनिस्ट आन्दोलनमा सामेल हुन आह्वान गरेका छन्।
काठमाडौँ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत पार्टीका १६ जना नेताले पार्टी छाडेको घोषणा गरेका छन् । आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले पार्टी छाडेको घोषणा गरेका हुन् ।
पोलिटब्युरो सदस्य पल बहादुर रावत,पूर्ण रसाइली, हरिस दयाल, किरण जोशी,सुरेन्द्र कार्कीसहित केन्द्रीय सदस्यहरू माधव घिमिरे,दर्शन नेपाली,हरि श्रेष्ठ, शरद रसाइली,बद्री अधिकारी, आशिष चौधरी, रेखा चौहान,अर्जुन मण्डल,राजीव तामाङ, पार्वती सिंह र नेत्र रानाभाटले पार्टी छाडेको घोषणा गरेका हुन् ।
उनीहरूले सबै कम्युनिस्ट पार्टीहरूभित्र रूपान्तरण र पुनर्गठनको बहस पेचिलो बन्दै गएको भन्दै ढिलो नगरीकन वास्तविक र व्यापक रूपान्तरण र पुनर्गठनको आवश्यकतामा जोड दिएका छन् । ‘यही गम्भीरता र जिम्मेवारीवोधलाई मध्यनजर गर्दै विगतदेखि क्रियाशील रहँदै आएको पार्टी नेकपा (बहुमत) बाट आजकै मितिदेखि स्वतन्त्र भई अर्को अभियानको प्रारम्भ गर्ने घोषणा गर्दछौँ’, उनीहरूले जारी गरेको वक्तव्यमा भनिएको छ ।
उनीहरूले पद प्रतिष्ठा, गुटगत र आर्थिक स्वार्थहरूबाट मुक्त एक उच्च नैतिक आदर्श र मूल्य मान्यतासहितको श्रमजीवी जनताको भरोसा योग्य कम्युनिस्ट आन्दोलनको अभियानमा सामेल हुन पनि उनीहरूको आह्वान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण