स्वास्थ्य मन्त्रालयको निर्देशन : स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक, भत्ता उपलब्ध गराउनू
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी, निजी अस्पताल तथा मेडिकल कलेजहरूलाई चिकित्सक, नर्सिङ र अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा पाँच बुँदे निर्देशन दिएको छ । मन्त्रालयले परिपत्रमार्फत यसअघि २०८१ मङ्सिर २७ गते भएको निर्णय कार्यान्वयन नभएको भन्दै तत्काल लागू गर्न र त्यसको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
गुणस्तर मापन तथा नियमन महाशाखाले जारी गरेको पत्रमा सम्पूर्ण प्रतिष्ठान, सरकारी अस्पताल, मेडिकल कलेज, सामुदायिक र निजी अस्पतालहरूलाई सम्बोधन गरिएको छ । निर्णय कार्यान्वयन नभएको भए तुरुन्त कार्यान्वयन गराउन र त्यसको प्रगति विवरण मन्त्रालयमा पेस गर्न भनिएको छ ।
न्यूनतम पारिश्रमिक र सेवा सुविधा
स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीहरूका लागि न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकारले तोकेभन्दा कम नहुने गरी लागू गर्न समेत निर्देशन दिइएको छ ।
यस्तै तोकिएको समयभन्दा बढी काम गर्ने स्वास्थ्यकर्मीहरूलाई अतिरिक्त भत्ताको व्यवस्था गर्न निर्देशन दिएको छ ।
कार्य अवधि समाप्त भएपछि वा कर्मचारीले माग गरेमा अनुभवको पत्र प्रदान गर्न र स्वास्थ्य मन्त्रालयले नर्सिङ लगायत अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक बैंकिङ प्रणालीबाट मात्र उपलब्ध गराउन निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण