बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जाँचबुझ आयोगद्वारा राजनीतिक दलसँग भदौ २३ र २४ को भएको क्षति विवरण माग

आइतबार, २६ असोज २०८२, १९ : ४८
आइतबार, २६ असोज २०८२

सारांश

  • २०८२ मा गठित जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको प्रदर्शनमा भएको क्षतिको विवरण बुझाउन आह्वान गरेको छ।
  • क्षति बेहोरेका राजनीतिक दल, संघसंस्था र व्यक्तिहरूलाई क्षतिको विवरण पेस गर्न अनुरोध गरिएको छ।
  • विवरण इमेलमार्फत पठाउन वा आयोगमा बुझाउन सकिनेछ, जसमा क्षतिको प्रकार, लागत, र अन्य विवरण समावेश हुनुपर्छ।

काठमाडौंँ । भदौ २३ र २४ गते देशभर भएका प्रदर्शनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन तयार पार्न गठित जाँचबुझ आयोग, २०८२ ले पीडित पक्षलाई क्षतिको विवरण बुझाउन आह्वान गरेको छ ।

क्षति बेहोरेका राजनीतिक दल, संघसंस्था तथा व्यक्तिहरूलाई आफ्नो क्षतिको विवरण आयोगमा बुझाउन अनुरोध गरिएको छ । बुझाउनुपर्ने विवरणमा क्षतिको प्रकार, अनुमानित लागत, बिमा भएको वा नभएको र अन्य आवश्यक कैफियतसहितका जानकारी समावेश गर्न भनिएको छ । 

क्षतिको विवरण आयोगको इमेल ठेगाना  [email protected] मा पठाउन भनिएको छ ।

साथै घटनालाई पुष्टि गर्ने प्रमाणहरू जस्तै श्रव्यदृश्य सामग्री, फोटो तथा कागजातहरू समेत उक्त इमेलमा वा आयोगमा उपलब्ध गराउन आग्रह गरिएको छ । हुलाकमार्फत पनि विवरण पठाउन सकिने भए पनि हुलाकबाट पठाइएका विवरणको सफ्टकपी अनिवार्य रूपमा इमेलमा पठाउन आयोगले विशेष अनुरोध गरेको छ । 

आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माद्वारा हस्ताक्षरित सूचनामा सबै सरोकारवाला पक्षलाई निर्धारित ढाँचामा विवरण बुझाएर आयोगको कार्यमा सहयोग गर्न आह्वान गरिएको छ ।

पेस गर्नुपर्ने क्षतिको विवरणका लागि आयोगले एक ढाँचा पनि सार्वजनिक गरेको छ, जसमा संघसंस्था र राजनीतिक दल र व्यक्तिको नाम, ठेगाना र स्थान, क्षतिको विवरण, क्षतिको अनुमानित लागत, बिमा भएको/नभएको र कैफियत जस्ता शीर्षकहरू समावेश छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप