दिल्ली टेस्ट : वेस्ट इन्डिजको उत्कृष्ट पुनरागमन
आइतबार, २६ असोज २०८२, १९ : १४
काठमाडौँ । वेस्ट इन्डिजले भारतविरुद्धको दिल्ली टेस्टको तेस्रो दिन राम्रो पुनरागमन गरेको छ । पहिलो पारीमा २४८ रनमा अल आउट भएपछि वेस्ट इन्डिजले फलोअन खेल्नुपर्यो ।
दोस्रो पारीमा भने टिमले तेस्रो दिनको खेल समाप्त हुँदासम्म २ विकेट गुमाएर १७३ रन बनाएको छ । भारतको अग्रता अब ९७ रनमा झरेको छ ।
जोन क्याम्पबेल ८७ र शाई होप ६६ रनमा नट आउट छन् । यी दुईले १३८ रनको साझेदारी गरेका छन् । एलिक एथनाज (७ रन) लाई वासिङ्टन सुन्दर र तेगनारायण चन्द्रपाल (१० रन) लाई मोहम्मद सिराजले आउट गरे ।
यसअघि भारतले वेस्ट इन्डिजलाई पहिलो पारीमा २४८ रनमा अल आउट गरेर फलोअन खेल्न लगाएको थियो । यसरी भारतले पहिलो पारीको आधारमा २७० रनको अग्रता पाएको थियो । भारतले ५१८/५ को स्कोरमा पहिलो पारी घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण